चन्दा संकलन गरी सरस्वती मन्दिरको पुननिर्माण सुरु

भक्तपुर । भक्तपुरवासीले चन्दा संकलन गरेर ३० लाख लागत इष्टमेटसहितको सरस्वतीको मन्दिर पुननिर्माण कार्य थालेका छन् । भक्तपुर नगरपालिका वडा नं ५मा रहेको भीमसेनस्थानस्थित सरस्वतीको मन्दिर पुननिर्माण प्रारम्भ गरिएको हो ।
मन्दिर पुनः निर्माणका लागि गठित कुथुसुव्या दुगुद्योको मन्दिर पुनःनिर्माण उपभाक्ता समितिका कोषाध्यक्ष न्हुछेंरत्न खाइतूका अनुसार मन्दिर पुननिर्माण लागि आवश्यक चन्दा पहिला नै जम्मा भइसकेको छ । हाल पुननिर्माण थालिएको सरस्वतीको मन्दिरसँंगैको कुथुसुव्या दुगुद्योको मन्दिर पुननिर्माणका लागि करिव ५० लाख लागत इष्टमेट निकालेर चन्दा संकलन गरिएको थियो । तर उक्त मन्दिर पुननिर्माणका लागि झण्डै एक करोड चन्दा संकलन भएको थियो । यसरी कुथुसुव्या दुगुद्योको मन्दिर पुननिर्माणका लागि संकलित भएर बाँंकी रहेको रकमबाट अहिले नजिकैको सरस्वती मन्दिरको पुननिर्माण थालिएको हो । सरस्वती मन्दिरको पुननिर्माण भइसक्दा पनि अझै करिव २० लाख रकम बाँंकी रहने र उक्त रकमबाट नजिकैको परिसरमै रहेको पाटी पुननिर्माण गर्ने योजना रहेको कोषाध्यक्ष खाइतूले बताए ।
मन्दिर पुनर्निर्माणका लागि गठित समितिका अध्यक्ष विष्णु मारिखू यही वर्षभित्र अर्थात् चैत मसान्तसम्ममा मन्दिर पुननिर्माण गरिसक्ने योजना रहेको सुनाए । मन्दिर एक तल्ले मात्रै रहेको छ । यो मन्दिर भक्तपुरकै प्रख्यात सरस्वतीको मन्दिर हो । प्रत्येक वर्ष सरस्वती पूजाको दिन यस मन्दिरमा पूजा गर्न आउने विद्यार्थीको भीड नै लाग्ने गर्दछ ।
उपभोक्ता समितिका उपाध्यक्ष विश्वराम कवाले विभिन्न चरणमा गरी भीमसेनका सवै सम्पदाहरु पुननिर्माणको क्रम निरन्तर चालू नै छ । पहिलो चरणमा कुथुसुव्या दुगुद्योको मन्दिर पुननिर्माण सम्पन्न गरेको, दोश्रो चरणमा सँंगैको लामो पाटीमा तल्ला थपेको, तेश्रो चरणमा सरस्वतीको मन्दिर पुननिर्माण र चौथो चरणमा अर्काे सानो पाटी जिर्णाेद्धारा गर्ने योजना तयार भएको उनले जानकारी गराए ।
यो मन्दिर पुननिर्माणका लागि भक्तपुर नगरपालिकाकी उपप्रमुख आर्किटेक्ट इन्जिनियर रजनी जोशीले शिलान्यास गरेकी थिइन् । कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवां, वडा नं ५ का वडा अध्यक्ष योगेन्द्रमान विजुुक्छेंलगायतले भक्तपुरमा यसैगरी सवैतिर चन्दा संकलनबाट ऐतिहासिक सम्पदाहरु बन्दै गरेको जानकारी गराए ।
सरस्वतीको यो मन्दिर भक्तपुरको विस्का जात्रामा लिंगो उठाउने भेलुखेल नजिकै छ । भक्तपुरको चुपिंघाटको पश्चिम क्षेत्रमा पर्ने यो मन्दिर झण्डै १०÷१५ रोपनीको सार्वजनिक जग्गाको बिचमा रहेको छ ।
मन्दिरको वरिपरि भीमसेन देवता, ती मन्दिरहरुभित्र पस्ने आकर्षक दुईवटा कलात्मक शैलीका प्रवेशद्वार, सार्वजनिक पाटी, सामूहिक भवन, भोज खुवाउनका लागि बनाइएको बन्दोबस्त सहितको भवन लगायतका छन् ।
यो सार्वजनिक क्षेत्रमा भएका झण्डै एक दर्जन भौतिक संरचनाहरु पनि यसरी नै दसकौदेखि चन्दा संकलन गरी बन्दै आएको बताइएको छ ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया