२५ गतेको भिड ट्रायल मात्र हो, नेताहरू लुक्ने ठाउँ खोज्नु : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद रोशन कार्कीले गत २५ फागुनमा काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा देखिएको भिड ‘ट्रायल’ मात्रै भएको बताएकी छिन् ।
उनले आगामी दिनमा राजाको पक्षमा यस्तो भीड बढ्दै जाने भएकाले गणतन्त्रवादीहरू लुक्ने ठाउँ खोज्दै गर्न आग्रह गरेकी छन् ।
उनले भनिन् ‘एकजना मित्रले भूत देख्नुभएछ । लेनिनको भूत हो की माओवादीको भूत हो प्रश्न गर्न चाहन्छु ?’, उनले भनिन् ‘अर्का मित्रले राजाको जयजयकार गरेको र नेताहरू जिल्ला जाँदा मुर्दावाद भनेको सुन्नुभएन होला । यो त मित्र ट्रायल मात्र हो ।’
उनले आगामी दिनमा राजाको पक्षमा ७३ जिल्लाका मन्छे थपिए नआत्तिन सुझाव समेत दिइन् ।
‘त्यसबेला लुक्ने ठाउँ खोज्नुहोला । २५ गतेको भिड नालायक सरकारले जन्माएको हो । जति दिन यो सरकारमा बस्नुहुन्छ त्यति भीड बढ्दै जानेछ’, कार्कीले भनिन् ।














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
प्रतिक्रिया