शनिबार, वैशाख १३, २०८२

रघुजीलाई ज्ञानेन्द्रको जवाफ- चुनाव जितेर आएको हुँ तपाईंजस्तो ओलीको पछि लागेर हैन

मेरोन्यूज २०८१ चैत २ गते १४:५१

काठमाडौं। राप्रपाका प्रवक्ता एवम् प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले आफू जम्लाबाट जनताबाट चुनाव जितेर आएको भन्दै एमाले सांसद रघुजी पन्तलाई जवाफ फर्काएका छन् ।

आइतबार संसद् बैठकमा पन्तले शाहीलाई हाहा हुहु गरेर सांसद् बनेको भन्दै आफुसँग बहस गर्ने भए इतिहास पढेर आउन च्यालेञ्ज गरेका थिए ।

त्यसको जवाफ दिँदै शाहीले आफू जनताबाट चुनाव जितेर आएको प्रष्ट पारेका हुन् । ‘जुम्लाबाट हाहा हो हो गरेर आएको होइन जनताबाट चुनाव जितेर आएको हो माननीय ज्यू तपाईं जस्तो प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको पछाडि हिँडेर सेतोलाई कालो कालोलाई सेतो भनेर निगाह थापेर आएको होइन, ‘ज्ञानेन्द्रले फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया