युवामा सकारात्मक सोचको विकास गर्न युवा साहित्यिक सम्मेलन

काठमाडौँ। राष्ट्रिय युवा सङ्घ नेपाल युवामा सकारात्मक सोचको विकास गर्न ‘युवा साहित्यिक सम्मेलन’को आयोजना गरेको छ ।
अहिले युवाहरुमा बढ्दै गएको नकारात्मक सोचलाई साहित्यमार्फत सकारात्मक बनाउनका लागि सम्मेलन आयोजना गर्न थालिएका यहाँ आयोजित पत्रकार भेटघाटमा सङ्घका उपाध्यक्ष प्रकाश गौतमले जानकारी दिए ।
“अहिले सामाजिक सञ्जालमा युवाहरुका धेरै नकरात्मक कुरा आउने गरेका छन् ” उनले भने “ हामीले सममेलनमार्फत वक्तृत्वकला, निबन्ध, कविता, गजल विधाबाट युवा सकारात्मक सन्देश दिन खोजेका छौ ।”
सम्मेलनमा भाषा, भाव र विचारको माध्यमबाट नेपाली साहित्यले समकालीन यथार्थ झल्काउनुका साथै युवालाई भविष्यको बाटो पनि देखाउने प्रयास गरिने उनको भनाई रहेको छ ।
सङ्घका शिक्षा विभाग प्रमुख तथा सचिव कुवेर अधिकारीले आजको आवश्यकता युवाहरूमा सकारात्मक सोचको विकास गरी युवाहरूलाई आत्मविश्वास दिलाउन र युवामा नयाँ सोचका साथ राष्ट्र निर्माणमा योगदान गर्नका लागि सम्मेलन आयोजना गरिएको बताए ।
‘बौद्धिक र सकारात्मक सोचका युवा : युग परिवर्तनका खम्बा’ मुल नाराका साथ युवा साहित्यिक सम्मेलन यहि २० गते काठमाडौँमा हुने छ ।
वक्तृत्वकला प्रतियोगिताकालागि पहिलो हुनेलाई एक लाख, दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई ३० हजार रुपियाँ, निबन्ध प्रतियोगितामा प्रथम हजार, दोस्रो ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपियाँ तोकिएको छ ।
कविता प्रतियोगिताका लागि प्रथम ५० हजार, द्वितीय ३० हजार र तृतीय २० हजार तथा गजल प्रतियोगिता पुरस्का प्रथम ५० हजार रुपैँया द्वितीय ३० हजार र तृतीयः २० हजार पुरस्कार तोकिएको छ ।
पहिलो चरणमामा सहभागि भएर छनौट गरिएका प्रतियोगिलाई सङ्घले तालिम दिएर दोस्रो चरणमा सहभागि गराइने सचिव अधिकारीले जानकारी दिए ।
सम्मेलनमा युवाहरुले मुलुकका लागि सकारात्मक सन्देश जाने खालका कविता, गजल, निवन्ध, वकृत्वकला वाचन गर्ने छन् । उत्कृष्ट हुनेलाई पुरस्कार समेत व्यवस्था गरिएको छ ।
समावेशी लोकतन्त्र : राष्ट्र निर्माण र राष्ट्रियताको मूलमन्त्र, हरेक क्षेत्रमा विकास र सुधारको नयाँ थालनी : समृद्ध नेपाल, सुखी नेपाली, नागरिक एपको विकास र उपलब्धता: जनमुखी सेवा र विद्युतीय सुशासनको प्रतिबद्धता, समृद्ध नेपालको आधार: प्राविधिक शिक्षा र दिगो पूर्वाधार, सामाजिक कुप्रथा र विकृतिको अन्त्येष्टि: मानव अधिकारको वास्तविक प्रत्याभूति, सुन्दरता र विविधतायुक्त नेपाली संस्कृति र प्रकृति: पर्यटन उद्योगको प्रसार र उन्नति, सामाजिक सञ्जालको तीव्र गति: सूचना प्रसार र सामाजिक सुधारमा तत्काल प्रगति लगायत विभिन्न २५ वटा विषयबस्तुमा कविता, गजल, निवन्ध, वकृत्वकला वाचन गर्ने छन् ।
















गगनलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रश्न– देउवालाई टिकट नदिनुको कारण के ?
यातायात कार्यालय जुम्लाद्वारा एक करोड १६ लाख राजस्व सङ्कलन
विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश
‘विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा छ’
राष्ट्रसङ्घका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया