सोमबार, वैशाख ८, २०८२

युवामा सकारात्मक सोचको विकास गर्न युवा साहित्यिक सम्मेलन

मेरोन्यूज २०८१ चैत ५ गते १४:२३

काठमाडौँ। राष्ट्रिय युवा सङ्घ नेपाल युवामा सकारात्मक सोचको विकास गर्न ‘युवा साहित्यिक सम्मेलन’को आयोजना गरेको छ ।

अहिले युवाहरुमा बढ्दै गएको नकारात्मक सोचलाई साहित्यमार्फत सकारात्मक बनाउनका लागि सम्मेलन आयोजना गर्न थालिएका यहाँ आयोजित पत्रकार भेटघाटमा सङ्घका उपाध्यक्ष प्रकाश गौतमले जानकारी दिए ।

“अहिले सामाजिक सञ्जालमा युवाहरुका धेरै नकरात्मक कुरा आउने गरेका छन् ” उनले भने “ हामीले सममेलनमार्फत वक्तृत्वकला, निबन्ध, कविता, गजल विधाबाट युवा सकारात्मक सन्देश दिन खोजेका छौ ।”

सम्मेलनमा भाषा, भाव र विचारको माध्यमबाट नेपाली साहित्यले समकालीन यथार्थ झल्काउनुका साथै युवालाई भविष्यको बाटो पनि देखाउने प्रयास गरिने उनको भनाई रहेको छ ।

सङ्घका शिक्षा विभाग प्रमुख तथा सचिव कुवेर अधिकारीले आजको आवश्यकता युवाहरूमा सकारात्मक सोचको विकास गरी युवाहरूलाई आत्मविश्वास दिलाउन र युवामा नयाँ सोचका साथ राष्ट्र निर्माणमा योगदान गर्नका लागि सम्मेलन आयोजना गरिएको बताए ।

‘बौद्धिक र सकारात्मक सोचका युवा : युग परिवर्तनका खम्बा’ मुल नाराका साथ युवा साहित्यिक सम्मेलन यहि २० गते काठमाडौँमा हुने छ ।

वक्तृत्वकला प्रतियोगिताकालागि पहिलो हुनेलाई एक लाख, दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई ३० हजार रुपियाँ, निबन्ध प्रतियोगितामा प्रथम हजार, दोस्रो ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपियाँ तोकिएको छ ।

कविता प्रतियोगिताका लागि प्रथम ५० हजार, द्वितीय ३० हजार र तृतीय २० हजार तथा गजल प्रतियोगिता पुरस्का प्रथम ५० हजार रुपैँया द्वितीय ३० हजार र तृतीयः २० हजार पुरस्कार तोकिएको छ ।

पहिलो चरणमामा सहभागि भएर छनौट गरिएका प्रतियोगिलाई सङ्घले तालिम दिएर दोस्रो चरणमा सहभागि गराइने सचिव अधिकारीले जानकारी दिए ।

सम्मेलनमा युवाहरुले मुलुकका लागि सकारात्मक सन्देश जाने खालका कविता, गजल, निवन्ध, वकृत्वकला वाचन गर्ने छन् । उत्कृष्ट हुनेलाई पुरस्कार समेत व्यवस्था गरिएको छ ।

समावेशी लोकतन्त्र : राष्ट्र निर्माण र राष्ट्रियताको मूलमन्त्र, हरेक क्षेत्रमा विकास र सुधारको नयाँ थालनी : समृद्ध नेपाल, सुखी नेपाली, नागरिक एपको विकास र उपलब्धता: जनमुखी सेवा र विद्युतीय सुशासनको प्रतिबद्धता, समृद्ध नेपालको आधार: प्राविधिक शिक्षा र दिगो पूर्वाधार, सामाजिक कुप्रथा र विकृतिको अन्त्येष्टि: मानव अधिकारको वास्तविक प्रत्याभूति, सुन्दरता र विविधतायुक्त नेपाली संस्कृति र प्रकृति: पर्यटन उद्योगको प्रसार र उन्नति, सामाजिक सञ्जालको तीव्र गति: सूचना प्रसार र सामाजिक सुधारमा तत्काल प्रगति लगायत विभिन्न २५ वटा विषयबस्तुमा कविता, गजल, निवन्ध, वकृत्वकला वाचन गर्ने छन् ।

प्रतिक्रिया