सिरहामा महायज्ञको नाममा दलितको घर भत्काइयाे, सांसदले जनाए आपत्ति
मेरोन्यूज
२०८१ चैत ६ गते १२:२४

काठमाडौं। नेपाली कांग्रेसका सह–महामहामन्त्री एवं प्रतिनिधि सभा सदस्य जीवनबहादुर परियारले सिरहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञको नाममा दलित समुदायमाथि अत्याचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका अध्यक्ष दिलिप यादवसहितका व्यक्तिहरूको मिलेमतोमा उक्त कार्य भएको भन्दै उनले आपत्ति जनाए ।
पीडित परिवार त्यहाँबाट विस्तापित भएको उनले बताए । पीडित परिवारको न्यायका लागि उनले सरकारको ध्यानाकार्षण गराएका छन् । ‘डोम जातिका व्यक्तिहरुलाई उठिबास लगाउने काम भएको छ । त्यसको म घोर भर्त्सना गर्न चाहन्छु । पीडित परिवारलाई न्याय दिन म सरकारसँग माग गर्न चाहन्छु,’– उनले भने ।
सम्बन्धित
प्रतिक्रिया