प्रकाशमानलाई बालेनले भने- कांग्रेसको इतिहास माटोमा नमिसाउनू
मेरोन्यूज
२०८१ चैत ९ गते १८:४५

काठमाडौं । महानगरपालिकाका मेयर बालेन शाहले उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई प्रश्न गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत बालेनले अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बाल मन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने लगायतका काम कहिले गर्ने भन्दै प्रश्न गरेका हुन्।
उनले भनेका छन्, ‘अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रह्यो। कहिले गर्ने हो?’
साथै बालेनले आफूलाई हराउने नाममा शहर, क्षेत्र र देशचाहिँ नहराउन आग्रह गरेका छन्। उनले भनेका छन्, ‘मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला। यत्रो गणेशमान सिंह, पीएल सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला।’
सम्बन्धित
प्रतिक्रिया