आज चैत्र १३ गते बुधबार, दिन कस्ताे रहला ? हेरौं राशिफल

काठमाडौं ।आज २०८१ साल चैत १३ गते बुधबार चैत कृष्ण पक्षको द्वादशी तिथि। विश्व रंगमञ्च दिवस। तदनुसार सन् २०२५ मार्च २६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
नयाँ व्यक्तिसँगको भेटघाटले उत्साह जगाउनेछ। कीर्तिमान काम गर्ने समय रहेको छ। साथीभाई र मित्रहरूबाट सहयोग मिल्नेछ। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कार्यक्षेत्रमा किस्मतले साथ मिल्नेछ। धर्मकर्ममा रुचि बढ्नुको साथै नयाँ कार्य प्रारम्भ गर्दा सफलता मिल्नेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। संगीतको र कलाको क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
बोलिको विपरीत अर्थ लाग्नेछ। दाम्पत्य जीवनमा पुराना कुरालाई लिएर मनमुटाव हुन सक्ला। रोग प्रतिरोधात्मक क्षमता बढाउन पुष्ट भोजनको सेवन गर्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कार्यक्षेत्रमा समयमा कार्यसम्पादन हुनाले नयाँ कार्यतर्फ अग्रसर भइनेछ। सामाजिक दायित्व बढ्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
व्यापारमा फाइदा हुनेछ। लगनशीलताले रोकिएको कार्य पनि सम्पादन हुनेछ। शरीरमा कमजोरी अनुभूति हुनेछ। आहारविहारमा सजग रहनुहोला। श्रमको उचित मूल्यांकन मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
छोटो समयमा राम्रो उपलब्धि हात पार्न सफल भइनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै पराजित गर्न सकिनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। गर्न नसक्ने वाचा नगरौँ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
परिवारको जमघटको बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। भेरै कुरा गर्दा धन खर्चमा वृद्धि हुनेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट सोचेजस्तो सहयोग नमिल्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
अप्ठ्यारो परिस्थितिलाई पनि सहज बनाउन सक्नुहुनेछ। व्यापार लगायत आर्थिक लाभ हुने योजनाहरू कार्यान्वित गर्न सक्नुहुनेछ। शत्रुहरू आफै किनारा लाग्नेछन्। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक १ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
समय तालिका नमिल्दा योजनाहरू अधुरो रहलान्। आफन्तहरूबाट सोचेजस्तो सहयोग नपाइएला। विद्यार्थीहरूलाई अध्ययनमा कमजोरीको अनुभूति हुनेछ। आजको शुभ रंग गाढा पहेलो हो भने शुभ अंक ४ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
प्रतिष्ठित कार्य गर्ने समय रहेको छ। युवा वर्गहरूको नयाँ कार्यतर्फ रुचि बढ्नेछ। भौतिक संसाधन प्राप्तिका योग छन्। प्रेम र मित्रताको बन्धन कसिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सकारात्मक ऊर्जाले मनोबल उच्च रहनेछ। सामाजिक कार्य गर्ने अवसर मिल्नेछ। आवेगमा आएर कुनै पनि कार्य नगर्नु नै उत्तम रहेको छ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सहकार्यबाट लाभ मिल्नेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। सोचेको अनुरूप परिणाम मिल्नेछ। घरपरिवारमा मनोरञ्जनात्मक वातावरण निर्माण हुनेछ। व्यापारमा मनग्य लाभ मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।
प्रतिक्रिया