आयातित कारमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

वाशिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले आयात गर्ने सबै कार र कारका पाटपुर्जामा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्।
राष्ट्रपति ट्रम्पले यो निर्णय २ अप्रिलबाट लागू हुने बताएका छन्। ट्रम्प यो निर्णयले अमेरिकामा कारको व्यवसाय फस्टाउने तथा रोजगारीको अवसर सिर्जना गर्ने बताउँछन्।यस कदमले अमेरिकाको उत्पादन क्षेत्रलाई मजबुत बनाउन मद्दत गर्ने ट्रम्पले दाबी गरेका छन् । ह्वाइट हाउसको अनुमानअनुसार यो निर्णयले अमेरिकी राजस्वमा वार्षिक १०० अर्ब अमेरिकी डलरको वृद्धि हुनेछ।
ट्रम्पले आफ्नो निर्णयले अमेरिका भित्रै नयाँ कारखाना खोल्न प्रेरणा दिने दाबी गरेका छन् । क्यानडा र मेक्सिकोमा निर्माण हुने अटो पार्ट्स र गाडी अब अमेरिकामै उत्पादन हुने ट्रम्पको भनाइ छ। उनले यो निर्णय नबदलिने पनि उल्लेख गरेका छन्।राष्ट्रपति ट्रम्पले यो निर्णय गरे पनि कारको निर्माण समेत धेरै महँगो हुने विश्लेषकको मत छ। मेक्सिको र क्यानडाबाट आउने कारको सामान मात्र चार हजारदेखि १० हजार अमेरिकी डलर बराबरको मूल्य बढ्ने एन्डरसन इकोनोमिक ग्रुपले जनाएको छ।
अमेरिकाको यो निर्णयले संसारका धेरै देशलाई असर गरेको बेलायतले गत वर्ष अमेरिकामा एक लाख १६ हजार १९४ जागउर ल्यान्ड रोभर कार अमेरिका भित्रिएको थियो।
बेलायत सरकारले यो निर्णय लागु हुनु भन्दा अघि नै वार्ताको टेबलमा बस्न सकिने प्रतिक्रिया दिएको छ। क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले भने आफ्नो देशको कार उद्योगमा सिधै आक्रमण भएको प्रतिक्रिया दिएका छन्।
युरोपेली कमिसनका प्रमुख उरुस्ला भान डियोर लेयनले कुनै प्रतिक्रिया जनाउन पूर्व छलफल गरिने बताएका छन्।











आज क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा ‘क्रिसमस डे’ मनाउँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर
भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
प्रतिक्रिया