काठमाडौँ उपत्यकामा वायु प्रदूषण उच्च, फाट्न अझै केहि दिन लाग्ने
मेरोन्यूज
२०८१ चैत २० गते ७:४७

काठमाडौँ । विगत केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकामा डम्म लागेको बादल फाट्न अझ केही दिन लाग्ने भएको छ । भोलि शुक्रबारदेखि वायुको वेग आजको तुलनामा अधिक हुने सम्भावना रहेकाले क्रमशः सुधार भई आकाश खुल्ने मौसमविद् बिनु महर्जनले राससलाई बताए।
हाल राजधानी उपत्यकामा वर्षा हुने अवस्था नरहेको तर क्रमशः यहाँको आकाशबाट बादल हट्ने लक्षण देखिएको उहाँले बताए।
बुधबारको तुलनामा आज तापक्रम पनि केही घटेको जानकारी दिँदै उहाँले भोलिदेखि क्रमशः तापक्रम पनि बढ्ने जानकारी दिए। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली भएको छ ।
सम्बन्धित
















25 people held with drugs from different places
फ्रान्समा चार आप्रवासीको मृत्यु
ओली केही दिन अस्पतालमै रहने
नाडा प्रतिनिधिमण्डल र अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बरालबीच भेटवार्ता
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया