बेलायतकाे आणविक पनडुब्बी नजिक रूसकाे जासुसी क्यामेरा

लन्डन,। रुस र यसका राष्ट्रपति भ्लादिमिर पुटिन विश्वभरी जासुसी गर्नमा कुनै कसर बाँकी राख्दैनन् ।
अहिले फेरी युक्रेनसँगको युद्धको बीचमा देखा परेको जासुसीको नयाँ विधिले युरोपभर यतिखेर हलचल मच्चाएको छ । वास्तवमा, बेलायतको पानीमा एउटा जासूस क्यामेरा फेला परेको छ, जुन रुसको भएको जनाइएको छ । तर, रुसले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिइसकेको छैन् ।
बेलायती अखबार टेलिग्राफका अनुसार बेलायती आणविक प्लान्ट नजिक त्यो जासुसी क्यामेरा भेटिएको हो । यो क्यामेरा पानीको माथि र तल जडान गरिएको थियो। जासुसीको यो नयाँ विधि बेलायतमा पहिलो पटक देखिएको उल्लेख गरिएको छ । बेलायती सेनाले सम्पूर्ण मामिलामा दुईवटा बिन्दुमा अनुसन्धान गरिरहेको छ। पहिलो, यो क्यामेरा कसरी जडान गरियो ? र दोस्रो, कसले स्थापना गर्यो ? टेलिग्राफले लेखेको छ ।
बेलायती अधिकारीहरूले यी रुसी जासूस क्यामेराहरू आणविक पनडुब्बीहरूको निगरानीका लागि जडान गरिएको दावी गरिएका छन । यी रुसी अधिकारीहरूले बेलायतमा आणविक पनडुब्बीहरूको सम्बन्धमा कस्तो प्रकारको गतिविधिहरू छन् भनेर जान्न चाहन्छन, त्यसका लागि यी जासुसी क्यामारा नजिकै राखिएका हुन् ।
आणविक पनडुब्बी युद्धमा धेरै महत्त्वपूर्ण मानिन्छ। बेलायतको भ्यानगार्ड आणविक पनडुब्बीलाई सबैभन्दा खतरनाक हतियार मानिन्छ। यसको थप रि सर्चका लागि लागि पानी माथि र तल दुबैमा मिल्ने गरी क्यामेरा जडान गरिएको मानिन्छ ।
युक्रेन र रुसबीचको युद्धमा भ्लादिमिर पुटिनविरुद्ध बेलायतले खुला मोर्चा खोलेको छ । अमेरिकाले युक्रेनलाई सहयोग गर्न अस्वीकार गरे पछि बेलायत र फ्रान्सले युरोपेली संघको ठूलो बैठक बोलाएका थिए । यो बैठक बेलायतको राजधानी लण्डनमा बोलाइएको थियो । उक्त बैठकमा पुटिनविरुद्ध सबै मिलेर लड्ने वाचासमेत गरेका थिए।
त्यसको जवाफमा रुसले एट्लान्टिक र बाल्टिक क्षेत्रमा मोर्चा खोलेको छ । हालै नर्वे नजिकै रुसी पनडुब्बी देखिएको थियो । यो रुसी पनडुब्बीले केबल तार काट्ने काम गर्ने बताइएको छ । बेलायती अधिकारीहरूले यस पनडुब्बीको माध्यमबाट पानीमा निगरानी क्यामेरा जडान गरिएको डर छ।











लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
तनहुँमा ५९ हजार कुखुराको बिमा
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
आज क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा ‘क्रिसमस डे’ मनाउँदै
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
प्रतिक्रिया