आज चैत २७ गते बुधबार, कस्तो रहला तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल

काठमाडौं – आज २०८१ साल चैत २७ गते बुधबार चैत शुक्ल पक्षको द्वादशी तिथि।। तदनुसार सन् २०२५ अप्रिल ९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : दिन राम्रो छ। आज बनाएका योजना दीर्घकालसम्म रहनेछन्। व्यापारमा लाभ हुनेछ। वैदेशिक रमझमले मन आकर्षित गर्नेछ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्ने दिन छ। परिवारमा मेलमिलाप हुनेछ।
वृष : दिन सामान्य छ। तपाईंको बोलीले आफन्त टाढा पुग्ने जोखिम छ। स्वास्थ्यको क्षेत्रमा प्रगति हुनेछ। स्वदेशमै रोजगारीको अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मिथुन : दिन सामान्य छ। तपाईंको बोलीले साथी टाढा पुग्नेछन्। सञ्चित धन खर्च हुनेछ। व्यापारमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने समय छ। स्वास्थ्यले साथ दिनेछ। दाम्पत्य जीवनमा भने खटपटी बढ्नेछ।
कर्कट : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।
सिंह : दिन राम्रो छ। साथीको साथले काम बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। भाग्यको स्थानमा बृहस्पति पुगेकाले हरेक काममा सफलता प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।
कन्या : ठुलो समस्याको सामना गर्नुपर्ने दिन छ। कामको बोझले मन अशान्त बन्नेछ। मिल्ने साथीभन्दा पुराना विपक्षीबाट महत्त्वपूर्ण काममा साथ मिल्नेछ। परिवारको साथमा रमाइलो गर्ने सम्भावना छ।
तुला : आम्दानीका दृष्टिले दिन राम्रो छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ। शिक्षामा गरेको लगानीबाट उत्साह थपिनेछ। विपक्षी साथीले साथ दिनेछन्। राजनीतिकमा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ।
वृश्चिक : दिन सामान्य राम्रो छ। जोखिम कामको सुरुवात नगर्नु राम्रो हुनेछ। बलले भन्दा बुद्धिले गरेको काम सार्थक बन्नेछ। परिवारभित्र टकराब बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दिन सफल बन्नेछ।
धनु : सोचेका काम सहज बन्नेछन्। स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा खुट्टा तान्ने साथीको बहुमत भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मकर : आफन्तसँग जोगिएर काम गर्नुपर्नेछ। स्वास्थ्यको भन्दा पनि इज्जतको ख्याल गर्नुपर्नेछ। परिवारमा ठुलो विश्वास गर्नाले धोका हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।
कुम्भ : मनमा शान्ति मिल्नेछ। लगानीका क्षेत्र सबल छन्। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। काम गर्नु अगाडि परिवारसँग सल्लाह गर्नु उचित हुनेछ।
मीन : बौद्धिक व्यक्तिसँगको परामर्शले मन शान्त हुनेछ। सञ्चित धन खर्च हुने जोखिम छ। आफन्तसँग सहकार्य नगर्नु उचित हुन्छ। परिवारको सल्लाह लिएर गाडि बढ्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
















Textbooks arrive in Karnali before start of new academic session
सवारी चालक अनुमतिपत्र छपाइ तीव्रगतिमा जारी
नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु
लेबनानमा भएको इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
प्रतिक्रिया