हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथी विद्रोहीलाई हटाउने वाचा गरेका छन् ।
हुथी विद्रोहीले लाल सागरमा पानीजहाज कब्जा गरेर इजरायलमा आक्रमण गरेपछि अमेरिकाले पटकपटक चेतावनी दिएको मात्रै छैन, साथै यमनमा पनि पटकपटक बमबारी गरिरहेको छ । तर हुथीहरूको आक्रमण रोकिएको छैन र उनीहरूले अमेरिकालाई ठूलो नोक्सान पुर्याएका छन्।
हालै हुथी बिद्रोहीहरूले एक तथ्यांक जारी गरेका छन्। यस अनुसार अहिलेसम्म अमेरिकाका १८ वटा एम–२ ड्रोन खसालेको छ । एउटा ड्रोनको मूल्य २ अर्ब डलर पर्छ । यसको मतलब अमेरिकाले एम–२ ड्रोनका कारण ३६ अर्ब डलरको नोक्सानी बेहोर्नु परेको छ । हालै अमेरिकाले यमनमा हुथी विद्रोहीविरुद्ध कारबाही सुरु गरेको थियो । यसअन्तर्गत हुथी पोष्टहरूमा लगातार मिसाइलहरू प्रहार भइरहेको छ। अमेरिकी कारवाहीमा हालसम्म १०० भन्दा बढीले ज्यान गुमाइ सकेका छन् ।
यो अवस्थाले दुवै पक्षमा जारी द्वन्द्व र आर्थिक प्रभावलाई प्रकाश पार्छ। ड्रोनको हानि र गोलाबारुदको लागतले यस क्षेत्रमा अमेरिकालाई सामना गर्ने चुनौतीहरू बढाउँदै छ। अमेरिकामा धेरै मानिसहरू युद्धमा आफ्नो करको पैसा प्रयोग गरेकोमा क्रोधित छन्।
यमन सेना यी कारबाहीहरूको प्रतिकार गर्न कटिबद्ध छ। अमेरिकाले हुथीहरूलाई हटाउन आफ्नो सैन्य रणनीतिमा ठूलो लगानी गरेको छ तर परिणाम भने उल्लेख्य रूपमा दिन सकेको छैन । र, यमनको सेनाले पनि उनीहरूसँग पूर्ण रूपमा लडिरहेको छ। रणनीतिक र आर्थिक दुवै दृष्टिकोणबाट एक झटका हो।
ट्रम्पले हुथीहरूलाई ध्वस्त पार्न आदेश दिए पछि अमेरिकी वायुसेनाले यमनका विभिन्न क्षेत्रमा ड्रोन र जेटबाट लगातार आक्रमण गरिरहेको छ। यमनको मन्त्रालयले यी आक्रमणहरूलाई युद्ध अपराध र मानवअधिकारको उल्लंघनको रूपमा वर्णन गरेको छ। किनभने त्यसमा सर्वसाधारण भवन ध्वस्त भएका छन र सर्वसाधारणसमेत मारिएका छन् ।











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया