मादी नदीमा डुबेर बालकको मृत्यु
मेरोन्यूज
२०८१ चैत २८ गते २०:४६

काठमाडौं । तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा व्यास नगरपालिका–२ दमौली निवासी ११ वर्षीय यमन शाही रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।
पौडी खेल्न गएका शाहीलाई बिहीबार शान्तिनगर तल मादी नदीले बगाएको थियो । बेपत्ता शाहीको बिहीबारदेखि नै खोजतलास गरिएकामा आज साँझ व्यास नगरपालिका–१ स्थित मादीसेती घाट नजिक शव भेटिएको प्रनाउ थापाले बताए ।
सम्बन्धित
प्रतिक्रिया