शनिबार, वैशाख ६, २०८२

वैशाखमा जुम्ला–रारा अल्ट्रा म्याराथन

मेरोन्यूज २०८१ चैत २८ गते २१:३१

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गामा आगामी वैशाख २७ गते छैटौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन आयोजना हुने भएको छ । 

कर्णाली खेलकुद क्लब जुम्लाको आयोजनामा हुने प्रतियोगिताले पर्यटन प्रवर्द्र्धनमा महत्वपूर्ण सहयोग गर्ने अपेक्षा गरिएको छ । 

क्लबका संरक्षक तथा अन्तर्राष्ट्रिय ओलम्पियन र गिनिज बुक अफ वल्र्ड रेकर्ड धावक हरिबहादुर रोकायको नेतृत्वमा यो प्रतियोगिता हरेक वर्ष हुँदै आएको क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए । 

 अन्तरराष्ट्रिय मापदण्डअनुसार कूल ५१ किलोमिटरको दूरी तोकिएको छ । 

प्रतिक्रिया