मंगलबार, वैशाख २, २०८२

पुर्व आईजीपी राणाको अन्तिम बिदाइ (तस्बिरहरु)

मेरोन्यूज २०८१ चैत ३० गते १४:४९

काठमाडौं।  नेपाल प्रहरीका पूर्वआइजीपी प्रदीपसमशेर राणाको अन्तिम बिदाइ गरिएको छ ।

राणाको ७८ वर्षको उमेरमा गएराति निधन भएको हो । उनको नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

राणाको आज बिहान १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । राणाले २०५७ असोजदेखि २०५९ पुससम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए ।

उनकै कार्यकालमा सशस्त्र प्रहरी बलको स्थापना हुँदा सङ्गठनका थुप्रै कर्मचारी उक्त सङ्गठनमा समायोजित भएका थिए । सशस्त्र द्वन्द्वकालमा प्रहरी परिचालन र व्यवस्थापनको चुनौतीलाई उनले सहजताका साथमा निर्वाह गरेका थिए । उनको छोरा दीप शमसेर जबरा नेपाल प्रहरीका एसएसपी पदमा कार्यरत छन्।

उनले एक शोक सभाका बिचमा पशुपति आर्यघाटमा अन्तिम बिदाइ गरेका हुन् । उनको अन्तिम बिदाइमा गृह मन्त्री रमेश लेखक तथा प्रहरी महानिरिक्षक दिपक थापालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया