श्रीमती बलात्कार गरेको अभियोग लागेका निलम्बित न्यायाधीश भुवन गिरीले पाए सफाइ
मेरोन्यूज
२०८१ चैत ३० गते २१:५४

काठमाडौं । आफ्नै श्रीमतीले बलात्कार लगायतका मुद्धा दायर गरेपछि थुनामा पुगेका एक न्यायाधीशलाई उच्च अदालत पाटनले अभियोग दावीबाट सफाई दिएको छ ।
काठमाडौं जिल्ला अदालतले अभियोग ठहर गरेर थुनामा पठाएको न्यायाधीश गिरीलाई उच्च अदालत पाटनले आज सफाई दिएको हो ।
न्यायाधीशहरु लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको ईजलाशले गिरीलाई सफाई दिएको अधिवक्ता बासु ज्ञवालीले जानकारी दिए ।
कपिलबस्तु जिल्ला न्यायधीश भएकै बेला पक्राउ परेका गिरीलाई श्रीमतीले बैवाहिक बलात्कारदेखि बिभिन्न आरोप लगाएकी थिईन् । ईजालासमै बिष सेवन गर्ने देखि ईजलास प्रभाव पार्न अनेक हर्कत गर्ने उनकी श्रीमतीले ईगो साँधेको मुद्दामा जिकिर गरिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया