शनिबार, वैशाख ६, २०८२

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

मेरोन्यूज २०८२ वैशाख ४ गते १६:२८

‍दमौली। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ गल्छिनामा गए राति दुई वटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा शुक्लागण्डकी नगरपालिका–३ कवासेका १९ वर्षीय रोमन लम्सालको मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुलेगौँडाबाट खैरेनीटारतर्फ आउँदै गरेको लु २४ प २२४७ नम्बरको मोटरसाइकल र खैरेनीटारबाट दुलेगौँडा जाँदै गरेको लु प्र ०१००१ प ५६६८ नम्बरको मोटरसाइकल ठोक्किँदा लु प्र ०१००१ प ५६६८ नम्बरका चालक लम्सालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा अर्को मोटरसाइकलमा सवार २० वर्षीय सुशान आले र सोही ठाउँका १९ वर्षीय निश्चल गुरुङ गम्भीर घाइते भएका छन्। घाइतेको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया