आइतबार, वैशाख ७, २०८२

संघीय संसदका तीन समितिको बैठक बस्दैँ

मेरोन्यूज २०८२ वैशाख ५ गते ७:३१

काठमाडौं । संघीय संसद अन्तर्गतका ३ वटा समितिको बैठक बस्दैँछ ।

संघीय संसद सचिवालय सिंहदरबार परिसरमा उक्त बैठक बस्ने जनाइएको छ।

जसअनुसार कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ः०० बजे बस्नेछ । जुन बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिको मस्यौंदा बार्षिक प्रतिबेदन, २०८१÷८२  माथी छलफल हुनेछ ।

उता, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल हुने जनाइएको छ। जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।

साथै, विधायन व्यवस्थापन समितिको बैठक भने दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरूको सम्बन्धमा छलफल हुने जनाइएको छ।

प्रतिक्रिया