वर्षाले नेपाल र अफगानिस्तानबीचको खेलमा ढिलाइ
मेरोन्यूज
२०८२ वैशाख ६ गते १२:१०

काठमाडौं । मुलपानीमा वर्षा हुँदा नेपाल र अफगानिस्तानबीचको खेल प्रभावित भएको छ ।
शनिबार बिहान साढे ९ बजेबाट खेल हुने समय रहे पनि वर्षा हुँदा र मैदान ओसिलो हुँदा खेल अझै शुरु हुन सकेको छैन ।
आइसिसी यु १९ पुरुष एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा स्थान बनाउन नेपाललाई आजको खेल जिते मात्रै पुग्छ ।
प्रतिष्पर्धी अफगानिस्तानलाई पनि नेपाललाई पराजित गरे पुग्छ । समान तीन खेलबाट ६ अंक बटुलेको अफगानिस्तान नेपाल भन्दा नेट रन रेटका आधारमा माथि छ ।
आजको खेल जित्ने टोलीले सन् २०२५ म हुने आइसिसी यु १९ विश्वकपमा स्थन पक्का गर्नेछ । जारी छनोट प्रतियोगितामा आयोजक नेपालसहित संयुक्त अरब इमिरेट्स (युएई), ओमान र हङकङ छन् ।
सम्बन्धित
प्रतिक्रिया