आँखा शिविरबाट ६७४ जना लाभान्वित

जनकपुरधाम । बनेपास्थित रेयुकाई ईको मासुनागा आँखा अस्पतालको ढल्केबरस्थित शाखा अस्पतालले आयोजना गरेको तीन महिने आँखा शिविरबाट ६७४ जना लाभान्वित भएका छन् ।
शिविरबाट धनुषा, महोत्तरी तथा सिरहाका आँखाका बिरामी लाभान्वित भएको अस्पतालले जनाएको छ ।
त्यस अवसरमा बिरामीहरूको निःशुल्क रुपमा मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो । रुइत फाउण्डेसन र स्थानीय पालिकाहरूको समन्वय एवम् सहयोगमा आयोजित शिविरमा ३५२ जना पुरुष तथा ३२२ जना महिलाले सेवा लिएका थिए ।
शिविरअन्तर्गत तीन जिल्लाका विभिन्न स्थानमा पुगेर सेवा दिइएको थियो । शिविरमा आँखा जाँचका क्रममा भेटिएका बिरामीहरुको ढल्केवरस्थित अस्पतालमा शल्यक्रिया गरिएको अस्पतालका निर्देशक तथा जलविन्दु विशेषज्ञ डा दिक्षा मल्लले जानकारी दिए । उनका अनुसार महोत्तरीको गौशाला, औरही, भङ्गहा बर्दीबास, मटिहानी र धनुषाको मिथिला तथा नगराइकन एवम् सिरहाको कल्याणपुर तथा नरहालगायतका स्थानमा शिविर सञ्चालन गरिएको थियो ।
गत माघ ६ गते सुरु भएको शिविर आज सम्पन्न भएको हो । शिविरमा डा दिक्षा मल्ल, कोर्निया विशेषज्ञ डा लिशा श्रेष्ठ, अकुलोप्लास्टी विशेषज्ञ डा साकेत पराजुली तथा डा उमेश साहले सेवा दिएका थिए।










मिराज ढुंगानाले गरे आन्दोलनको घोषणा
दोहोरो अंकले घट्याे सेयर बजार
मौन पीडामा रहेकी कालिमायाको याचना …
राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट
कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया