आँखा शिविरबाट ६७४ जना लाभान्वित

जनकपुरधाम । बनेपास्थित रेयुकाई ईको मासुनागा आँखा अस्पतालको ढल्केबरस्थित शाखा अस्पतालले आयोजना गरेको तीन महिने आँखा शिविरबाट ६७४ जना लाभान्वित भएका छन् ।
शिविरबाट धनुषा, महोत्तरी तथा सिरहाका आँखाका बिरामी लाभान्वित भएको अस्पतालले जनाएको छ ।
त्यस अवसरमा बिरामीहरूको निःशुल्क रुपमा मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो । रुइत फाउण्डेसन र स्थानीय पालिकाहरूको समन्वय एवम् सहयोगमा आयोजित शिविरमा ३५२ जना पुरुष तथा ३२२ जना महिलाले सेवा लिएका थिए ।
शिविरअन्तर्गत तीन जिल्लाका विभिन्न स्थानमा पुगेर सेवा दिइएको थियो । शिविरमा आँखा जाँचका क्रममा भेटिएका बिरामीहरुको ढल्केवरस्थित अस्पतालमा शल्यक्रिया गरिएको अस्पतालका निर्देशक तथा जलविन्दु विशेषज्ञ डा दिक्षा मल्लले जानकारी दिए । उनका अनुसार महोत्तरीको गौशाला, औरही, भङ्गहा बर्दीबास, मटिहानी र धनुषाको मिथिला तथा नगराइकन एवम् सिरहाको कल्याणपुर तथा नरहालगायतका स्थानमा शिविर सञ्चालन गरिएको थियो ।
गत माघ ६ गते सुरु भएको शिविर आज सम्पन्न भएको हो । शिविरमा डा दिक्षा मल्ल, कोर्निया विशेषज्ञ डा लिशा श्रेष्ठ, अकुलोप्लास्टी विशेषज्ञ डा साकेत पराजुली तथा डा उमेश साहले सेवा दिएका थिए।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया