सोमबार, वैशाख ८, २०८२

शिक्षक आन्दोलन नटुङ्गीनु विद्या भट्टराईको कमजोरी हो : महेश बस्नेत

मेरोन्यूज २०८२ वैशाख ८ गते २१:२१

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेत आफ्नै कमजोरीका कारण शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकाे बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत नेता बस्नेतले आन्दोलन नटुंगिनु शिक्षक महासंघसँग वार्ता गर्न नसक्नु र त्यसको असर स्वरूप मन्त्रीको राजीनामा आउनु स्वयंम मन्त्री कै कमजोरीको संकेत भएको उल्लेख गरेका छन् ।

उनले भट्टराईको कार्य सम्पादनमा कमजोरी रहेको, कार्यशैलीप्रति जनगुनासो व्यापक बढेको समेत लेखेका छन् ।

उनले लेखेका छन्, ‘शिक्षामन्त्री विद्या भट्टराईले शिक्षक आन्दोलन नटुङ्गिएपछि राजीनामा दिनु भएको छ। आन्दोलन नटुंगिनु शिक्षक महासंघसँग वार्ता गर्न नसक्नु र त्यसको असर स्वरूप मन्त्रीको राजीनामा आउनु स्वयं मन्त्री कै कमजोरीको संकेत हो । मन्त्री भएको बेला देखिनै उनको कार्य सम्पादनमा कमजोरी रहेको, कार्यशैलीप्रति जनगुनासो ब्यापक बढेकै थियो।’

प्रतिक्रिया