काठमाडौंको ढुंगेअड्डामा गुड्दै गरेको बसमा आगलागी
मेरोन्यूज
२०८२ वैशाख ११ गते १४:२५

काठमाडौं। काठमाडौंको ढुंगेअड्डामा सडकमा गुड्दै गरेको बसमा आगलागी भएको छ ।
चन्द्रागिरी नगरपालिका- १५ स्थित पिपलबोटको मूल सडकमा कलंकीबाट थानकोट जाँदै गरेको पाँचपोखरी यातायातको ९७८६ नम्बरको बसमा आगलागी भएको हो ।
प्रहरीका अनुसार बस पूर्णरुपमा क्षति भएको छ । उनका अनुसार यात्रु भने सकुशल रहेका छन् ।
अहिले आगो नियन्त्रणमा आइसकेको छ ।
सम्बन्धित
प्रतिक्रिया