बिहीबार, वैशाख ११, २०८२

बालेनको प्रश्न : सरोज गुरागाईंले गोप्य तरिकाले नक्सा पास गर्नुपर्ने के थियो कारण ?

मेरोन्यूज २०८२ वैशाख ११ गते १६:४१

काठमाडौं । काठमाडौँ टावरको निर्माणको विषयमा भएको विवादबारे काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह(बालेन)ले फेरि पनि सार्वजनिक धारणा व्यक्त गरेका छन्। सधैँझैँ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भवन र नक्सापासको विषयमा धेरै कुरा रहेको बताएका छन्।

शाहले पुरानो बसपार्कस्थित काठमाडौँ टावरको नक्सा पासमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले शङ्कास्पद गतिविधि गरेको आरोप लगाएका छन् । 

‘सम्बन्धित विभागीय प्रमुखलाई समेत थाहा नदिई नक्सा पास गरिदिनु पर्ने के थियो कारण ? महानगरको अरु महत्त्वपूर्ण नगरी नहुने काम के कति गर्नुभयो आएको २ दिन मै ? केही त पक्कै थियो होइन भने त लुकाएर गर्नु हुन्थेन होला ।  नगर प्रमुख र कार्यपालिकासँग प्रत्यक्ष जोडिएको विषयमा पनि ३ महिनापछि अरू कसैले उजुरी दिएर मात्र थाहा पाउनु पर्ने ? यति विधि गोप्य तरिकाले काम गर्नु पर्ने के थियो कारण ?’

प्रतिक्रिया