शनिबार, वैशाख ५, २०८३

उसु कोर्सका लागि चिनियाँ प्रशिक्षक नेपालमा

मेरोन्यूज २०८२ वैशाख ११ गते २०:२१

काठमाडौँ । नेपाल उसु महासंघको आयोजनामा जारी सातौं राष्ट्रिय उसु निर्णायक परीक्षा कोर्स तथा ११ औं राष्ट्रिय उसु डिप्लोमा कोर्समा प्रशिक्षण दिन चीनका प्रथम श्रेणीका राष्ट्रिय निर्णायक लिन जियान छ्वान नेपाल आएका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

उनलाई उसु महासंघका कार्यबाहक अध्यक्ष शैलेश कर्माचार्य, महासचिव नवराज ढुंगाना, उपमहासचिव राजीव महर्जनलगायतका पदाधिकारीले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बैठक कक्षमा स्वागत गरे ।

उनले राखेपको सेमी कभर्डहलमा भइरहेको कोर्समा सहभागीलाई प्रशिक्षण गराए । उनले शुक्रबारसम्म प्रशिक्षण दिनेछन् ।

जेयाङ उसु संघका अध्यक्ष लिन सान्ताउ उसु संघका उपाध्यक्ष पनि हुन् । सातौं डान लिन जिहोङ ताइची ट्रेनिङ सेन्टरका प्रमुख प्रशिक्षक हुन् ।

महासचिव ढुंगानाले नेपालको निमन्त्रणा स्वीकार गरेर आएकामा लिनलाई धन्यवाद दिए । उनले नेपालमा अझ योग्य रेफ्री उत्पादन गर्ने उद्देश्यले कोर्स सञ्चालन गरिएको बताए ।

लिनले नेपालको उसु विकासमा महासंघसँग सहकार्य गर्न तयार रहेको र सहभागीले सिकेको ज्ञान व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । साताव्यापी निर्णायक कोर्समा ५२ तथा डिप्लोमा कोर्समा ४२ जना सहभागी छन् ।

प्रतिक्रिया