शुक्रबार, वैशाख १२, २०८२

प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित

मेरोन्यूज २०८२ वैशाख १२ गते १६:५३

काठमाडौं । प्रतिनिधिसभा बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

शुक्रबारबाट सुरु भएको बजेट अधिवेशनमा दलीय आधारमा नेताहरूले धारणा राखेका थिए ।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वृत्त परिचालन विधेयक २०८१ लाई प्रस्तुत गर्त अनुमति मागेका थिए । त्यसपछि अर्थमन्त्री पौडेलले विधेयक प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया