बुधबार, वैशाख १७, २०८२

शिक्षक महासंघ र सरकारबीच वार्ता जारी

मेरोन्यूज २०८२ वैशाख १७ गते १५:२२

काठमाडौं। सरकार र आन्दोलनरत शिक्षक महासंघबीचमा वार्ता जारी रहेकाे छ।

हिजो राती अबेरसम्म भएको वार्ता निष्कर्षमा नपुगेपछि आज दिउँसो २ः०० बजेवाट पुनः वार्ता सुरू भएकाे हाे । सो वार्ता शिक्षा मन्त्रालयमा जारी रहेकाे छ ।

नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाका अनुसार महासंघले प्रस्तुत गरेको ९ बुँदे प्रस्तावका बारेमा टुंगोमा पुग्ने र सोही टुंगोमा पुगे पछि पहिलो चरणमा मन्त्रीपरिषदबाट निर्णय गराउने योजना रहेको छ । दोस्रो चरणमा भने संसदबाट बिधेयक पारित गराउने सर्तमा आज मन्त्रालयमा पुनः वार्ता हुन लागेको हो ।

यद्दपी, वार्ता जारी रहेपनि काठमाडौं केन्द्रित आन्दोलन भने बिहान ११ः०० बजे देखी नयाँ बानेश्वर-माइतीघर खण्डमा जारी राखेकाे अध्यक्ष लक्ष्मीकिशाेर सुवेदीले जानकारी दिए । 

प्रतिक्रिया