पेस्तोल पड्काउँदै नाचेकी जसपाकी नेतृ बबी सिंहलाई प्रहरीले छाड्यो
मेरोन्यूज
२०८२ वैशाख १८ गते २०:२२

सप्तरी । हल्दी–मेहेन्दी समारोहमा पेस्तोल पड्काउँदै नाचेकी जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवलाई प्रहरीले सोधपुछपछि छाडेको छ ।
सप्तरी जिल्ला प्रहरी कार्यालयले उनलाई बयानका लागि बोलाएको थियो । प्रारम्भिक अनुसन्धानमा उनले प्रयोग गरेको पेस्तोल बारुद मात्रै पड्किने किसिमको ‘ब्ल्याङ्क फायर’ पिस्टल भएको पुष्टि भएपछि कागजी प्रक्रिया गरी छाडिएको प्रहरीले जनाएको छ ।
घटना सर्लाहीको भएको हुँदा बाँकी अनुसन्धान सर्लाही प्रहरीले अघि बढाउने बताइएको छ । यादवले ११ वैशाखमा मलंगवाको भाँड्चौरमा भएको हल्दी–मेहेन्दी कार्यक्रममा पेस्तोल पड्काएकी थिइन् ।
भिडिओ भाइरल भएपछि उनी प्रहरी निगरानीमा आएकी थिइन् । उनकै बयानका आधारमा सर्लाहीका अञ्जनी कुमारको घरबाट प्रहरीले सो पिस्टल बरामद गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया