आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने

काठमाडौं। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखी साधारणतया बदली रहेको छ। कोशी र मधेश प्रदेशका थोरै स्थानहरुमा हल्का देखी मध्ययम वर्षा भईरहेको छ।
दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।
राती भने देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश ,गण्डकी प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भु-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा साथै कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागका एक दुई स्थानमा स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।यसका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।















अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
समानुपातिकतर्फ रास्वपाले कटायाे ४९ लाख, अन्य दलकाे कति ?
प्रतिक्रिया