तीन दिनभित्र लिखित कार्ययोजना दिन विभागीय प्रमुखहरूलाई मन्त्री सिंहको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले मन्त्रालय मातहतका विभागीय प्रमुखहरूसँग लिखित कार्ययोजना मागेका छन्।
शुक्रबार सहरी विकास मन्त्रालयअन्तर्गतका विभागीय प्रमुखहरूसँग चालु आर्थिक वर्षमा भएका कामको समीक्षा बैठकमा उनले कार्यप्रगतिप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
पटकपटक समीक्षा भए पनि योजनाअनुसार काम नभएको भन्दै मन्त्री सिंहले अब आफूलाई लिखित योजना चाहिएको बताए।
बैठकमा विभागका प्रमुखहरूले आआफ्ना विभागका कार्यप्रगति जानकारी गराएका थिए।
तर कार्यप्रगति सन्तोषजनक नदेखिएपछि उपप्रधानमन्त्री सिंहले बैठकमा गफ गर्ने तर परिणाम ननिस्कने प्रवृत्ति राम्रो नभएको टिप्पणी गरे।
समीक्षा बैठकमा भएका कुराहरूलाई गम्भीरताका साथ लिई नतिजा निकाल्ने गरी काम गर्न उपप्रधानमन्त्री सिंहले उनीहरूलाई सचेत पनि गराए।
उपप्रधानमन्त्री सिंहले नीतिगत रूपमा र विभागलाई काम गर्ने क्रममा आउने समस्याको समाधानका लागि मन्त्रीको तहबाट समाधानका लागि पहल गर्ने बताउँदै विभागको कार्यक्षमतामा सुधार नदेखिएको गुनासो गरे।
अहिलेसम्म विभागहरूको कार्यशैली चित्तबुझ्दो नदेखिएपछि समीक्षा र छलफलअनुसार यो आर्थिक वर्षको बाँकी अवधिमा तीव्र रूपमा काम अघि बढाउन विभागीय प्रमुखहरूसँग ३ दिनभित्र लिखित कार्ययोजना मागिएको उपप्रधानमन्त्री सिंहको सचिवालयले जानकारी दिएको छ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया