बिहीबार, माघ १, २०८२

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

मेरोन्यूज २०८२ पुष ३० गते २०:०६

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिका रवि लामिछानेविरुद्धका दुई गम्भीर मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।

बुधबार महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्ध विभिन्न अदालतमा विचाराधीन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिन सम्बन्धित सरकारी वकिलको कार्यालयलाई स्वीकृति दिएको हो ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले मुद्दा फिर्ता लिने बिषयमा कार्यालय समय सकिनु केहीबेरअघि नायव महान्यायाधिवक्ताहरुसँग परामर्श गरेकी थिइन् ।

महान्यायाधिवक्ता कार्यालयको यो निर्णयसँग काठमाडौं, रुपन्देही, पर्सा, कास्कीलगायतका सरकारी वकिलको कार्यालयले रास्वपा सभापति लामिछानेविरुद्ध लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने छन् ।

सम्बन्धित अदालतले अनुमति दिएमा आरोपपत्रबाटै यी दुईवटा मुद्दा स्वतः फिर्ता हुने छन् । त्यसपछि लामिछानेको सहकारी ठगी प्रकरणको अभियोग मात्र बाँकी रहने छ ।

प्रतिक्रिया