१५ बुँदे माग राख्दै सरकारलाई प्रेस सेन्टरले बुझायाे ज्ञापनपत्र

काठमाडौं । प्रेस सेन्टर नेपालले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता र संविधानमाथि भइरहेको प्रहारलाई रोक्न माग गरेको छ ।
आइतबार सरकारलाई १५ बुँदे ज्ञापनपत्र बुझाउँदै प्रेस सेन्टरले नेपाली जनताको राजनीतिक उपलब्धीमाथिको प्रहारलाई रोक्न माग गरेको हो । नेपाली जनताको लामो संघर्षपछि प्राप्त उपलब्धिहरुको रक्षा हुनुपर्ने ज्ञापन पत्रमा माग गरिएकाे छ ।
सरकारले पत्रकारिता पुरस्कार छनौट गर्दा दलीय मागबण्डा गरेको बताउँदै प्रेस सेन्टरले त्यसको विरोध गरेको छ । ज्ञापन पत्रमा आगामी दिनमा पुरस्कार छनौट गर्दा दलीय भागबण्डाबाट मुक्त भई नेपालको संविधानले सुनिश्चित गरेको समानुपातिक, समावेशीतालाई आत्मसात् गरेर सक्रिय तथा श्रमजीवी पत्रकारलाई पुरस्कार दिन आग्रह गरेको छ ।
सेन्टरले गोरखापत्र संस्थानलगायत सरकारी सञ्चार संस्था र सरकारी निकायमा जिम्मेवार पदाधिकारीलाई आस्थाकै आधारमा हटाउन कोसिस गर्ने, बारम्बार स्पष्टिकरण सोधेर हतोत्साहित गर्ने, कार्यक्षेत्रमा काम गर्ने वातावरण बन्न नदिने कार्य गरिएको भन्दै विरोध गरेको छ । यस्ता कार्य तत्काल रोक्न प्रेस सेन्टरले माग गरेकाे छ ।













एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ
दोहोरो अंकले बढ्यो सेयर बजार
‘टियागो ईभी कार्टनिभल सम्पन्न’, आशिम र समय्याले जिते ‘पीएस ५’पुरस्कार
देउवा र शेखर कोइरालाबीच भेट, के भयो कुराकानी ?
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
प्रतिक्रिया