‘मानवीय जीवन र पृथ्वीको भविष्य जोगाउन सहकार्य आवश्यक’

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले धर्तीमा बढ्दो तापमान र प्रदूषणका कारण मानवीय जीवन र पृथ्वीको भविष्य रक्षार्थ सबै मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।
सगरमाथा संवादको पूर्वसन्ध्यामा डा गोपालकृष्ण शिवाकोटीद्वारा लिखित ‘क्याइमेट कालामिटी : जष्टिस फर लस एण्ड ड्यामेज’ पुस्तकको आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले हाम्रा भविष्यका सन्तति सुरक्षित र सम्मानित होऊन् भनेर काम गर्नुपर्नेमा जोड दिए।
‘धर्ती तातो र वातावरण प्रदूषित हुँदै गएर मानवीय जीवन र सुन्दर विश्वको भविष्य खतरामा पर्दै जान थालेको छ । यस्तो समयमा हामीले सुरक्षित माननीय जीवन र सुन्दर भविष्यको रक्षाका लागि काम गर्नुपर्छ ।’, ओलीले भने, ‘हाम्रा भविष्यका सन्तति सुरक्षित र सम्मानित हुनुपर्छ । उनीहरूको चेहरामा हाँसो हुनुपर्छ ।’
प्रधानमन्त्री ओलीले सगरमाथा संवादका क्रममा जलवायु न्यायसम्बन्धी अध्ययन र प्रतिवेदनका सारलाई आफूले सम्बोधनमा समावेश गर्ने बताए।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर, पूर्व परराष्ट्रमन्त्री डा विमला राई पौडेल, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा सूर्य ढुङ्गेल र जलवायु विज्ञ मञ्जिल ढकालले पुस्तकको सान्दर्भिकताबारे समीक्षात्मक मन्तव्य व्यक्त गरेका थिए । सरकारले यही जेठ २ गतेदेखि पहिलो पटक नेपालमा सगरमाथा संवादको आयोजना गरेको छ ।










Election: 76 days to go: Legal amendment to ensure population-based inclusive representation
रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुराम भट्टराई
शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया