रविलाई थुनामुक्त गर्न माग गरिएको निवेदन हेर्दाहेर्दैमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निवेदनमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो।
मंगलबार लामिछानेका तर्फबाट बहस सुरु भएको छ।
जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका पूर्वडीआईजी छविलाल जोशीको पनि निवेदन साथै राखिएको छ।
रविलाई रुपन्देही जिल्ला अदालतले भने एक करोड रुपैयाँ धरौटीमा छाडेको थियो। उच्च अदालतले जिल्लाको आदेश उल्टाइदिएपछि कारागार चलान भएका हुन्। छविलाई भने जिल्लाले थुनामा पठाएको र उच्च अदालतले पनि सोही आदेशलाई सदर गरेको थियो।
सुप्रिम सहकारी ठगीमा आफूहरुलाई थुनामा पठाउने उच्च अदालतको आदेश बदर गर्न उनीहरुको माग छ।
सुरुमा उच्च अदालतको आदेशविरुद्ध निवेदन दिएका उनीहरुले सुनुवाइमा ढिलो हुने भएपछि बन्दी प्रत्येक्षीकरणको निवेदन पनि दायर गरेका थिए। छैठौँ पटकसम्म हेर्न नमिल्ने न्यायाधीशको इजलासमा पर्दा सुनुवाइ हुन सकेको थिएन।
बन्दी प्रत्येक्षीकरणको निवेदनसँगै उच्च अदालतको आदेश बदरको माग गरिएका निवेदन पनि साथै राखिएकाले एकसाथ सुनुवाइ भइरहेको हो।
अब सर्वोच्चले सुनुवाइपछि रवि र छविले थुनामै रहनु पर्ने कि थुनाबाहिर रहेर मुद्दा लड्न पाउने भन्ने आदेश दिनेछ। दुवै जना रुपन्देही कारागारमा छन्।











राजनीतिक दल निर्वाचनमा जान प्रतिबद्ध छन्, सरकार चुनाव गर्न तयार छ : सरकार
सरकार र मुख्य राजनीतिक दलबीच निर्वाचन सफल पार्ने समझदारी
कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया