बिहीबार, जेठ ८, २०८२

उजुरीसम्बन्धी प्रतिवेदन यथाशीघ्र बुझाउन निर्देशन

मेरोन्यूज २०८२ जेठ ८ गते १६:००

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले उजुरी छानबिन गर्न विभिन्न समयमा बनेको उपसमितिहरूलाई यथाशीघ्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

समितिको आजको बैठकका समितिका सभापति ऋषिकेश पोखरेलले उजुरी छानबिनका लागि गठन गरिएको उपसमितिलाई यथाशीघ्र प्रतिवेदन बुझाउन आग्रह गर्दै एक महिनाभित्रै बुझाइसक्नुपर्ने निर्देशन दिए ।

समितिले उजुरीहरूको छानबिनका लागि विभिन्न समयमा नौ वटा उपसमिति गठन गरेको थियो । ती उपसमितिका समितिका संयोजकहरूलाई जतिसक्दो छिटो प्रतिवेदन बुझाउन भनेको हो । समितिमा ४८ उजुरी परेको थियो । ती उजुरी छानबिन गर्नका लागि समितिले उपसमिति बनाएको थियो ।

बैठकमा समितिका सभापति पोखरेलले बैठकलाई मर्यादित बनाउन समितिका सबै सदस्यहरूले संयमित भएर प्रस्तुत हुन आग्रह गरेका थिए ।

प्रतिक्रिया