त्रिवि उपकुलपति कार्यालयमा स्ववियु सभापतिहरूले गरे तोडफोड

काठमाडौं । भुवन विश्वविद्यालयका निमित्त उपकुलपति प्रा. डा. खड्ग केसीको कार्यकक्षमा तोडफोड भएको छ । शैक्षिक क्यालेन्डरविपरीत स्नातक तह प्रथम वर्षको भर्ना प्रक्रिया फेरि सुरु गर्न माग गर्दै नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) का विद्यार्थी नेताहरू आन्दोलनमा उत्रिएपछि उक्त घटना भएको हो ।
उक्त प्रदर्शनमा सानोठिमी, भक्तपुर, पाटन, सरस्वती, पद्मकन्या क्याम्पसलगायतमा नेविसंघबाट निर्वाचित स्ववियु अध्यक्षहरू सहभागी थिए । उनीहरूले बुधबार दिउँसो उपकुलपति कार्यकक्षमा तोडफोड गर्नुका साथै रेक्टर कार्यालयमा तालाबन्दीसमेत गरेका छन् ।
त्रिविले जारी गरेको शैक्षिक क्यालेन्डरअनुसार स्नातक प्रथम वर्षको परीक्षा असार महिनाभित्र सम्पन्न गर्नुपर्ने भएकाले हालै परीक्षा फारम खुलाइएको छ । यो प्रक्रियासँगै नयाँ भर्ना बन्द हुने व्यवस्था भए पनि नेविसंघका नेताहरूले त्यस निर्णयलाई अस्वीकार गर्दै थप विद्यार्थी भर्ना गर्न दबाब दिइरहेका छन् ।









राजधानीमै छैन पर्यटक बसको बसपार्क
चुनावमा नउठ्ने घोषणा गर्दै अष्टलक्ष्मीले भनिन्– ‘म नभई पार्टी चल्दैन भन्ने कुराबाट मुक्त होऔँ’
पुरानै संरचनामा फर्कियो एमाले, पदाधिकारी १९, स्थायी कमिटी यथावत
एमाले महाधिवेशनको बन्दसत्र सुरु हुने समय फेरि सर्याे
डेङ्गीको सङ्क्रमण घट्दो क्रममा
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया