सर्लाहीमा कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही। सर्लाहीकाे बागमती नगरपालिका- ११ बागमती पुल नजिकै पुर्व-पश्चिम राजमार्गमा मालवाहक कन्टेनरको ठक्करबाट रौतहटका मोटरसाइकल चालकको मृत्यु भएको छ।
दुर्घटनामा परी मृत्यु हुनेमा रौत्तहट चन्द्रपुर नगरपालिका १ पौराही टोल बस्ने कान्छा लाल योन्जनको छोरा बर्ष २१ को गोपाल योन्जन रहेको सर्लाही प्रहरी प्रवक्ता डीएसपी सरोज कुमार राईले बताएका छन्।
गएराती १० बजे बागमती पुल छेउमा चन्द्रपुरबाट हरिवन तर्फ आउँदै गरेको प्रदेश ३-०३-००१ ख ००७० नम्बरको कन्टेनर डब्बा गाडिले बिपरित दिशा तर्फबाट जाँदै गरेको प्रदेश ३-०२-०१४ प ९८७७ मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक गोपाल योन्जनको शरिरको बिभिन भागमा चोट लागेको थियो।
घाईते योञ्जनको मोडेल अस्पताल कर्मैयामा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रादेशिक अस्पताल मलगंवामा राती ११ बजे लैजाँदा डाक्टरले मृत घोषणा गरेको डिएसपी राईले जानकारी दिएका छन्।
दुर्घटनामा परेको मोटरसाईकल,कन्टेनर डब्बा गाडी र कन्टेनर चालक मकवानपुर भिमफेदी गाउँपालिका ५ बस्ने बर्ष ३८ को ओम बहादुर लामालाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय हरिवन तर्फ पठाईएको सर्लाही प्रहरीले जनाएको छ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया