टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग टी-२० आई सिरिज खेल्दै नेपाल
मेरोन्यूज
२०८२ जेठ २९ गते १८:३१

काठमाडौं। नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग टी-२० आई सिरिज खेल्ने भएको छ ।
बिहीबार नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय टिमले वेस्ट इन्डिजसँग टी-२० आई सिरिज खेल्न लागेको जानकारी दिएको हो । सिरिज आगामी २७, २८ र ३० सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाह क्रिकेट स्टेडियममा हुनेछ ।
नेपालले पहिलोपटक आईसीसी क्रिकेट विश्वकप विजेता वेस्ट इन्डिजसँग खेल्न लागेको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । वेस्ट इन्डिजविरुद्धको सिरिजले नेपाली क्रिकेटको इतिहासमा नयाँ अध्याय थप्ने विश्वास क्यानले लिएको छ ।
क्यानले सिरिजको सफल आयोजनामा सहयोग पुर्याउने इमिरेट्स क्रिकेट बोर्डप्रति पनि आभार प्रकट गरेको छ ।
क्यानको विज्ञप्ति:
सम्बन्धित


















चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
प्रतिक्रिया