समाजवादी ट्रेड युनियन महासंघ जसपामा रुपान्तरण

काठमाडौं । समाजवादी ट्रेड युनियन महासंघ जनता समाजवादी पार्टीमा आवद्धता जनाएको छ। महासंघले काठमाडौंमा एक कार्यक्रम गरी केन्द्रीय समिति रुपान्तरण गरेको हो ।
रुपान्तरित कार्यक्रमका प्रमुख अथिति समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले भने ‘श्रमिकहरुको हक अधिकार रक्षा लागि पार्टीले सधै पक्ष पोषण गर्नेछ, पार्टी निर्माणको यो अभिन्न अंग हो।’
केन्द्रीय अध्यक्ष अशोककुमार राईले भने, ‘उपेन्द्रजीको एकांकी व्यवहारले वृहत पार्टी निर्माण गर्न र पहिचान स्थापित गर्न नसकिएको बताए । पार्टीको महाअधिवेशनमा आफु निकट केही संख्याका मानिसलाई रातारात प्रतिनिधि बनाएर कब्जा गर्न खोजेको अहिलेको व्यवहारले प्रष्ट भएको बताए ।
महासचिव मो ईश्तिहाक राईले भने, ‘उपेन्द्रसँग भएको म एक्लो यस्तो व्यत्ति थिएँ, जो १८ बर्ष देखि काम गर्दै आएको थिएँ तर पार्टी निर्माण क्रममा म माथि ६ वटा मुद्दा लगाइयो, विभिन्न आन्दोलनमा पटक पटक जेल पनि गइयो ।’ श्रमिकहरुको एकताले देशको शासन व्यवस्था बदलेको ईतिहास रहेको जनाउँदै उनले श्रमिकहरुले आफनो हक अधिकारको लागि एक जुट भएर जानुको विकल्प नभएको बताए ।
उपेन्द्र यादवले आफु भन्दा सिनियर नेताहरुलाई पार्टीमा मिलाएर राख्न नसकेको पनि बताए । ‘उपेन्द्रजीले बाबुराजजीलाई भगाउनु भयो, महन्थ ठाकुर छोड्न बाध्य तुल्याउनु भयो । लामो काम गर्नु भएको अशोकजी , राजेन्द्रजीहरुलाई पनि छोड्न बाध्य पार्नु भयो।’
समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष अर्जुन लम्सालको अध्यक्षतामा भएको उत्त कार्यक्रममा पार्टी केन्द्रीय नेताहरुको पनि उपस्थिति रहेको थियो ।










‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’
यस्तो छ आजको मौसम पूर्वानुमान
उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुन्छ : राष्ट्र बैंक
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया