बुधबार, पुष २, २०८२

इरानमा मोसादका एजेन्ट रहेका अफगानी नागरिक पक्राउ

मेरोन्यूज २०८२ असार ४ गते २०:३३

इरान । इरानी प्रहरीले इजरायलकाे जासुसी संयन्त्र माेसादकमा लागि काम गर्ने एक मोसाद एजेन्टलाई पक्राउ गरेकाे छ । इरानकाे रे शहरमा अपरेशनको मोसादसँग सम्बद्ध अफगानिस्तानका नागरिकलाई पक्राउ गरेको इरानी न्यूज एजेन्सी तस्मिनमा उल्लेख छ । उनी अफगान नागरिक र स्नातक विद्यार्थी रहेकाे बताइएकाे छ ।

उनकाे फाेनमा ड्रोन र बम कसरी बनाउने भन्ने तालिमसँग सम्बन्धित फाइलहरू र महत्त्वपूर्ण दस्तावेज फेला परेकाे इरान प्रहरीले जानकारी दिएकाे छ । यसअघि ड्राेन र विष्फोटक पदार्थसहित इरानले रे शहरबाटै दुई दिनअघि दुई जना मोसादका एजेन्टहरु पक्राउ गरेको थियो ।

उनिहरुबाट २०० किलोग्रामभन्दा बढी विस्फोटक पदार्थ , २३ वटा ड्रोन, लन्चर, मार्गदर्शन उपकरणहरू र नियन्त्रकहरूका लागि उपकरणहरू, साथै निसान कार पनि फेला पारिएको थियाे । पछिल्लो समय स्थानीय माेसाद एजेण्टकाे सहयाेगमा इरानले ठुलाे क्षति व्यहोरिरहेको सन्दर्भमा यो पक्राउलाई महत्त्वपूर्ण रुपमा हेरिएको छ ।

इरान विरुद्ध इजरायललाई सहयोग नगर्न रुसको अमेरिकालाई चेतावनी रूस । रुसी उपविदेशमन्त्री सर्गेई र्याबकोभले इरान विरुद्ध इजरायललाई सहयाेग नगर्न अमेरिकालाई चेतावनी दिएका छन् । कुनै पनि प्रत्यक्ष सैन्य समर्थनले मध्य पूर्वमा व्यापक अस्थिरता निम्त्याउने बुधबार उनले बताए ।

इरान र इजरायलबिचकाे लडाइँमा अमेरिका प्रत्यक्ष सहभागी हुने तयारी गरिरहेकाे समयमा आएकाे रुसकाे भनाइलाई महत्त्वपूर्ण ठानिएको छ । रुसको इन्टरफ्याक्स समाचार एजेन्सीका अनुसार, रियाबकोभले संयुक्त राज्य अमेरिकालाई इजरायललाई प्रत्यक्ष सैन्य सहयोग प्रदान गर्न वा त्यस्ता विकल्पहरू विचार गर्नबाट टाढा रहन चेतावनी दिए, किनकि यी कार्यहरूले क्षेत्रको लागि गम्भीर परिणाम निम्त्याउने उनले बताए । उनले द्वन्द्वलाई थप चर्कनबाट रोक्न मस्को दुवै पक्ष, इरान र इजरायलसँग सम्पर्कमा रहेको पनि घोषणा गरे ।

प्रतिक्रिया