बुधबार, पुष २, २०८२

अमेरिकी आक्रमणपछि इरानका सभामुखकाे सल्लाहकार भन्छन् : आणविक केन्द्र पहिलेनै खाली गरिएको थियाे

मेरोन्यूज २०८२ असार ८ गते ८:१८

इरान । इस्लामिक कन्सल्टेटिभ एसेम्बलीका सभामुखका रणनीतिक सल्लाहकार मेहदी मोहम्मदीले इरानको आणविक सुविधाहरूमा अमेरिकी आक्रमणले ठुलाे क्षति नगरेको दाबी गरेका छन् । आक्रमणपछि सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्: “इरानको दृष्टिकोणबाट, केही पनि अनौठो भएको छैन।

इरान धेरै रातदेखि फोर्डोमा आक्रमणको लागि पर्खिरहेको थियाे । साइट लामो समयदेखि खाली गरिएको थियाे र आक्रमणमा कुनै पनि अपरिवर्तनीय क्षति भएको छैन ।

” उनले एक्समा थप लेखेका छन्, ” दुई कुरा निश्चित छन्: पहिलो, ज्ञानमा बम विस्फोट गर्न सकिँदैन, र दोस्रो, जुवाडेले यस पटक हार्नेछ।” आज बिहानै अमेरिकाले फोर्डो, नातान्ज र इस्फहान आणविक केन्द्रहरूमा आक्रमण गरेको थियाे ।

प्रतिक्रिया