लुम्बिनी प्रदेशसभा सदस्य रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी
मेरोन्यूज
२०८२ असार ८ गते १६:२४

काठमाडौं। लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जनमत पार्टीबाट समानुपातिक सांसद बनेकी शर्माविरुद्ध जिल्ला अदालत पर्साबाट जेठ १६ गते पक्राउ पुर्जी जारी भएको थियो । बैंकिङ कसुर मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
आशा कुमारी चौहानले सांसद रायमाझीविरुद्ध बैंकिङ कसुर मुद्दामा जाहेरी दिएकी थिइन् । सांसद रायमाझी हाल फरार छिन् ।
जिल्ला प्रहरी कार्यालय पर्साले जिल्ला प्रहरी कार्यालय बर्दियालाई पत्र लेख्दै रायमाझीलाई पक्राउ गरी दाखिला गरिदिन भनेको छ ।
सम्बन्धित
















स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता, उपसभामुख पदबारे छलफल
चैत २२ गतेदेखी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने
इरान– इजरायल युद्ध चर्किँदै, अमेरिका प्रभावित
झापामा घरको तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया