लुम्बिनी प्रदेशसभा सदस्य रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी
मेरोन्यूज
२०८२ असार ८ गते १६:२४

काठमाडौं। लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जनमत पार्टीबाट समानुपातिक सांसद बनेकी शर्माविरुद्ध जिल्ला अदालत पर्साबाट जेठ १६ गते पक्राउ पुर्जी जारी भएको थियो । बैंकिङ कसुर मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
आशा कुमारी चौहानले सांसद रायमाझीविरुद्ध बैंकिङ कसुर मुद्दामा जाहेरी दिएकी थिइन् । सांसद रायमाझी हाल फरार छिन् ।
जिल्ला प्रहरी कार्यालय पर्साले जिल्ला प्रहरी कार्यालय बर्दियालाई पत्र लेख्दै रायमाझीलाई पक्राउ गरी दाखिला गरिदिन भनेको छ ।
सम्बन्धित
















सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा
झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला, नयाँ रोगीको सङ्ख्या बर्सेनि बढ्दै
स्कटल्यान्डविरुद्ध नेपालको उत्कृष्ट सुरुवात
दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया