आज २०८२ साल असार १२ गते बिहीबारको राशिफल

काठमाडौं । आज २०८२ साल असार १२ गते बिहीबार। असार शुक्ल पक्षको प्रतिपदा तिथि। तदनुसार सन् २०२५ जुन २६ तारिख। विश्व लागू पदार्थ ओसारपसार विरुद्धको दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : धैर्य र पराक्रमले आँटेका कार्यमा सफलता मिल्नेछ। घर परिवारमा आफूभन्दा सानाको साथ र सहयोग मिल्ला। विभिन्न अवसरले पछ्याउनेछ। दिगो कार्य प्रारम्भ गर्ने समय रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
वृष : सञ्चित धनमा वृद्धि हुनेछ। विद्यार्थीहरूको तर्कशक्तिमा विकास हुनेछ। नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समय रहेको छ। लेखन कलामा निखार आउनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
मिथुन : समाजमा प्रतिष्ठा बढ्नेछ। साहसिक कार्य गरेर अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। नोकरी वा पेशामा अनुभवको भरपुर फाइदा उठाउन सक्नुहुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
कर्कट : वैदेशिक रोजगारमा सफलता मिल्नेछ। नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समयको प्रतीक्षा गर्नुहोस्। विदेशतिर ताक्नेहरूको लागि समय अनुकूल रहेको छ। स्वास्थ्यलाई लिएर सजग रहनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
सिंह : कार्यक्षेत्रमा कार्यलाई बेवस्था नगर्नुहोस्। कृषि वा पशुपालनबाट लाभ आर्जन गर्न सकिनेछ। सामाजिक कार्य गर्दै अरूको उपकार गर्न सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
कन्या : नोकरी वा पेशामा उन्नति हुनेछ। सेवामूलक कार्य गरेर आफूलाई चिनाउन सक्नुहुनेछ। कार्यको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग निकटता बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।
तुला : नियमित कार्यलाई निरन्तरता दिन सकिनेछ। उपलब्धिको लागि केही प्रतीक्षा गर्नुपर्ला। आयआर्जनका नयाँ अवसरहरू बन्नेछन्। पिताद्वारा सहयोग मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
वृश्चिक : व्यर्थका काममा व्यस्त हुने र उपलब्धिहीन कार्यमा समय बित्नेछ। आफ्ना कमी कमजोरी बाहिरिनाले समस्या पर्ला। आहारविहारमा सजगता अपनाउनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
धनु : सहयोगीहरूबाट सहयोग मिल्नेछ। घर परिवारमा रमाइलो समय बित्नेछ। अध्यात्म ज्ञानमा विकास हुनेछ। विद्यार्थीहरूलाई गुरुजनहरूको सहायता मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।
मकर : नँया पहिरनले व्यक्तित्वमा निखार आउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। शुभचिन्तकहरूको सहयोग मिल्नेछ। उधारो दिएको पैसा लिने प्रयास गर्नुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
कुम्भ :समयको सदुपयोग गर्ने प्रयास गर्नुहोला। सन्तानको प्रगतिले मन उत्साहित रहनेछ। आत्मबलमा वृद्धि हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।
मीन : अवसरवादीहरूबाट सावधान रहनुहोला। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। आर्थिक पक्ष सबल रहनेछ। इष्टमित्रको सहयोगले रोकिएका कार्य बन्नेछन्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया