आज २०८२ साल असार २० गते शुक्रबारको राशिफल

काठमाडौं । आज २०८२ साल असार २० गते शुक्रबार। असार शुक्ल पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ जुलाई ४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : साझेदारी व्यापारबाट लाभ आर्जन गर्न सकिएला। कार्यक्षेत्रमा रोकिएका कार्य बन्नाले मनमा उत्साह जाग्नेछ। अवसर हाथ आउदा पनि केही चुनौतीसँग जुध्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
वृष : कठिन परिश्रमले अधिकार स्थापित गर्न सकिनेछ। लगनशीलताले प्रतिस्पर्धीहरू आफै किनारा लाग्नेछन्। शुभचिन्तकहरूको सुझावलाई वेवास्था नगर्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।
मिथुन : सन्तान र गुरुजनको सुझाव लाभदायी रहनेछ। रोकिएको अध्ययन अगाडि बढ्नेछ। अप्ठ्यारा चुनौतीहरू सुल्झ्याउन सक्नुहुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
कर्कट : अरुको मुख ताक्ने बानीले कार्यक्षेत्रमा पछाडि परिनेछ। व्यापार व्यवसायमा परिवारको साथ नमिल्ला। साथीभाइहरूसँग सन्तुलित व्यवहार राख्नुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।
सिंह : मेहनतले प्रतिस्पर्धा जित्न सहयोग पुर्याउनेछ। विद्यार्थीहरूलाई गुरुको मागदर्शन मिल्नेछ। समाजमा प्रतिष्ठा बढ्नेछ। आकस्मिक धनलाभका योग छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
कन्या : विद्यार्थीहरूको बौद्धिक क्षमतामा विकास हुनेछ। नयाँ कार्यको थालनीमा शुभचिन्तकहरूको सहयोग लिनुहोला। पारिवारिक मनोरञ्जनमा समय व्यतीत हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।
तुला :कार्यक्षेत्रमा योजन अनुरूप कार्य गर्नुहोला। परिश्रम फलदायी रहनेछ। सामाजिक दायित्व बढ्नेछ साथै क्षमताको कदर हुनेछ। आय आर्जनका नयाँ स्रोतहरू बन्नेछन्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।
वृश्चिक : सहयोगीहरूले राम्रो साथ दिए पनि कार्यक्षेत्रमा बाधा आउनेछ। व्यापार व्यवसायमा धैर्यताको परिचय दिनुहोस्। स्वास्थ्यलाई लिएर खानपिनमा विशेष सावधान रहनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
धनु : आफन्तहरूसँग भेटघाटले मन प्रसन्न रहनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। विद्यार्थीवर्गले सफलता पाउनको लागि केही त्याग गर्नुपर्ला। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ८ रहेको छ।
मकर :व्यक्तिहरूसँग मित्रता बढ्नेछ। पहिलाका सफलताले नयाँ कार्यप्रति हिम्मत जगाउनेछ। दिगो फाइदा हुने कार्य प्रारम्भ होला। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
कुम्भ :धर्मकर्ममा मन लाग्नेछ। स्वादिष्ट भोजनको आनन्द मिल्ला। आँटेका कार्यसम्पादन गर्न सकिनेछ। पुरानो कार्यको चर्चा हुनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
मीन :स्वास्थ्यलाई लिएर र सवारी साधन चलाउँदा सावधान रहनुहोस्। न्याय र कानुनी पक्ष मजबुत हुनेछ। नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया