बिहीबार, मंसिर ११, २०८२

आज २०८२ साल असार २२ गते आइतबारको राशिफल

मेरोन्यूज २०८२ असार २२ गते ५:५०

काठमाडौं । आज २०८२ साल असार २२ गते आइतबार। असार शुक्ल पक्षको एकादशी तिथि। हरिसयनी एकादशी व्रत। तदनुसार सन् २०२५ जुलाई ६ तारिख। तुलसी रोप्ने दिन। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : प्रेम सम्बन्ध सुमधुर रहनेछ। विचार नगरी वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। कार्यक्षेत्रमा प्रशंसा हुनेछ साथै नयाँ कार्यप्रति चासो बढ्नेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

वृष : प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर खानपानमा सजग रहनुहोस्। अरुको लैलैमा लागेर समयको दुरुपयोग नगर्नुहोला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।

मिथुन : यात्रा गर्दा सामानको सुरक्षामा ध्यान दिनुहोला। चिताएको कार्य सम्पादन हुनेछ। धैर्य र लगनशीलताले उपलब्धि दिलाउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।

कर्कट : कार्यक्षेमा योजना बनाएर कार्य गर्नुहोला। पारिवारिक सद्भावमा कमी आउनेछ। अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

सिंह : मनमा उत्साह जाग्नेछ। अरुको मुख ताक्नु भन्दा आफ्नो कार्य स्वयं गर्नुहोस्। आफूभन्दा सानाको साथ र सहयोग मिल्नेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

कन्या : कार्यक्षेत्रमा सोच विचार गरेर निर्णय लिनुहोल। आँटेको कार्यमा सफलता मिल्नेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

तुला : संगीत र कलाको क्षेत्रमा विशेष सफलता मिल्नेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। साहस र पराक्रमले नयाँ कार्यको जग राख्न सक्नुहुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक : कार्यक्षेत्रमा श्रमको अनुरुप सफलता नमिल्ला। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। आकस्मिक धनहानिका योग छन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

धनु : अध्यात्मतर्फ झुकाव बढ्नेछ। घर परिवारमा आफूभन्दा ठूलाको साथ र सहयोग मिल्ला। कार्यक्षेत्रमा गुमाएको स्थान प्राप्त गर्न सकिएला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

मकर :व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला। साहसिक कार्य गर्ने समय रहेको छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ :नियमित दिनचर्यामा सानो बदलावले ठूलो कार्यसम्पादन हुनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। पारिवारिक विषयमा गोपनीयता राख्नुहोला। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ८ रहेको छ।

मीन :कार्यक्षेत्रमा आलस्यले गर्दा बनिरहेको कार्य बिग्रिन सक्छ। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। उच्च शिक्षालाई लिएर विदेशतिरको बाटो खुल्ला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

प्रतिक्रिया