आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं । आज २०८२ साल असार २६ गते बिहीबार। असार शुक्ल पक्षको पूर्णिमा तिथि। तदनुसार सन् २०२५ जुलाई १० तारिख। गुरु पूर्णिमा। गुरु व्यासको जन्म जयन्ती। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष :नोकरी वा पेशामा ज्ञान र अनुभवले गर्दा नयाँ कार्य हात लाग्नेछन्। शैक्षिक योग्यतामा वृद्धि हुनेछ। आर्थिक र स्वास्थ्य पक्ष सबल रहनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ३ रहेको छ।
वृष : धार्मिक वा आध्यात्मिक कार्यप्रति आकर्षण बढ्नेछ। आर्थिक योजना बनाउँदा सोचविचार गर्नुहोस्। स्वास्थ्यमा सतर्कता आवश्यक छ। अरुलाई सल्लाह दिनबाट बच्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।
मिथुन : लामो समयदेखि रोकिएका अधुरा काम पूरा हुनेछन्। वित्तीय झन्झटहरू हट्ने वा पुरानो निवेशबाट लाभ मिल्नेछ। मेहनतको उचित परिणाम मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट : लामो समयदेखि रोकिएका अधुरा काम पूरा हुनेछन्। वित्तीय झन्झटहरू हट्ने वा पुरानो निवेशबाट लाभ मिल्नेछ। मेहनतको उचित परिणाम मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
सिंह : पारिवारिक वातावरण सुखद रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। आफन्तहरूबाट सहयोग मिल्नाले मन प्रसन्न रहनेछ। आत्तिएर कुनै निर्णय नलिनुहोला। आजको शुभ रंग केसरी हो भने शुभ अंक २ रहेको छ।
कन्या : सोचे अनुरूप नोकरी मिल्नाले मन प्रसन्न रहनेछ। लक्ष्य समयमा सम्पादन गर्न सकिनेछ। मित्रहरूसँग भ्रमणका योग छन्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।
तुला : पशुपालन वा कृषिबाट लाभ आर्जन हुनेछ। साहित्य वा लेखन कलामा निखार आउनेछ। पुराना सम्झौतालाई नवीकरण गर्ने समय रहेको छ। सञ्चित धनमा वृद्धि हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।
वृश्चिक : कर्मयोगले भविष्यको बाटो निर्माण गर्न सक्नुहुनेछ। आँटेका कार्यमा सफलता मिल्नेछ। हजुरको बोली आज शत्रु वा मित्र हुनेछ त्यसर्थ मिठो बोलीको प्रयोग गरौं। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।
धनु : सरकारी कामकाजमा र व्यापारमा सफलताका अवसर मिल्नेछन। सामाजिक गतिविधिले मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा सफलता मिल्नेछ। योजना अनुरूप कार्य गर्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
मकर :वैदेशिक रोजगारमा सफलता मिल्नेछ। दाम्पत्य जीवनमा पुरानो कुरालाई लिएर घरपरिवारमा मनमुटाव रहला। स्वास्थ्यलाई लिएर खानपानमा विशेष ध्यान दिनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
कुम्भ :तारिफ योग्य काम गर्नाले कार्यक्षेत्रमा लोकप्रियता हासिल गर्न सकिनेछ। शुभचिन्तकहरूको साथ मिल्नेछ। अधिकारीहरू सहयोगी रहनेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
मीन :खर्च लागे पनि दिगो लाभ हुने कार्य फेला पर्न सक्छ। रोकिएका काम सम्पादन गर्न सकिनेछ। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।














HoR Election: Chief Election Officer Offices to be established today
निर्वाचन आयोग परिसरमा देउवा र गगन पक्षकाे प्रदर्शन, सुरक्षा व्यवस्था कडा
एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त
खैरो हेरोइनसहित एक जना पक्राउ
Trump Announces Formation of Gaza Peace Council
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
प्रतिक्रिया