आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं । आज २०८२ साल असार २६ गते बिहीबार। असार शुक्ल पक्षको पूर्णिमा तिथि। तदनुसार सन् २०२५ जुलाई १० तारिख। गुरु पूर्णिमा। गुरु व्यासको जन्म जयन्ती। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष :नोकरी वा पेशामा ज्ञान र अनुभवले गर्दा नयाँ कार्य हात लाग्नेछन्। शैक्षिक योग्यतामा वृद्धि हुनेछ। आर्थिक र स्वास्थ्य पक्ष सबल रहनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ३ रहेको छ।
वृष : धार्मिक वा आध्यात्मिक कार्यप्रति आकर्षण बढ्नेछ। आर्थिक योजना बनाउँदा सोचविचार गर्नुहोस्। स्वास्थ्यमा सतर्कता आवश्यक छ। अरुलाई सल्लाह दिनबाट बच्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।
मिथुन : लामो समयदेखि रोकिएका अधुरा काम पूरा हुनेछन्। वित्तीय झन्झटहरू हट्ने वा पुरानो निवेशबाट लाभ मिल्नेछ। मेहनतको उचित परिणाम मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट : लामो समयदेखि रोकिएका अधुरा काम पूरा हुनेछन्। वित्तीय झन्झटहरू हट्ने वा पुरानो निवेशबाट लाभ मिल्नेछ। मेहनतको उचित परिणाम मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
सिंह : पारिवारिक वातावरण सुखद रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। आफन्तहरूबाट सहयोग मिल्नाले मन प्रसन्न रहनेछ। आत्तिएर कुनै निर्णय नलिनुहोला। आजको शुभ रंग केसरी हो भने शुभ अंक २ रहेको छ।
कन्या : सोचे अनुरूप नोकरी मिल्नाले मन प्रसन्न रहनेछ। लक्ष्य समयमा सम्पादन गर्न सकिनेछ। मित्रहरूसँग भ्रमणका योग छन्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।
तुला : पशुपालन वा कृषिबाट लाभ आर्जन हुनेछ। साहित्य वा लेखन कलामा निखार आउनेछ। पुराना सम्झौतालाई नवीकरण गर्ने समय रहेको छ। सञ्चित धनमा वृद्धि हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।
वृश्चिक : कर्मयोगले भविष्यको बाटो निर्माण गर्न सक्नुहुनेछ। आँटेका कार्यमा सफलता मिल्नेछ। हजुरको बोली आज शत्रु वा मित्र हुनेछ त्यसर्थ मिठो बोलीको प्रयोग गरौं। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।
धनु : सरकारी कामकाजमा र व्यापारमा सफलताका अवसर मिल्नेछन। सामाजिक गतिविधिले मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा सफलता मिल्नेछ। योजना अनुरूप कार्य गर्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
मकर :वैदेशिक रोजगारमा सफलता मिल्नेछ। दाम्पत्य जीवनमा पुरानो कुरालाई लिएर घरपरिवारमा मनमुटाव रहला। स्वास्थ्यलाई लिएर खानपानमा विशेष ध्यान दिनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
कुम्भ :तारिफ योग्य काम गर्नाले कार्यक्षेत्रमा लोकप्रियता हासिल गर्न सकिनेछ। शुभचिन्तकहरूको साथ मिल्नेछ। अधिकारीहरू सहयोगी रहनेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
मीन :खर्च लागे पनि दिगो लाभ हुने कार्य फेला पर्न सक्छ। रोकिएका काम सम्पादन गर्न सकिनेछ। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।















यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै
निर्वाचनका लागि स्थापना गरिएका विशेष एकाइ तथा समन्वय केन्द्र बन्द गरिने
दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निजामती अस्पतालको सेवा सुरु हुने
पश्चिम एसिया क्षेत्रमा आंशिक हवाई उडान सुरु
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
भोजपुरमा शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज निर्वाचित
सुनसरी-२ मा रास्वपाका लालविक्रम थापा फराकिलो मतान्तरले विजयी
प्रतिक्रिया