दुर्गेशको नयाँ गीतले राख्यो युट्युबमा १ दिनमै सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड
मेरोन्यूज
२०८२ असार २६ गते १५:३७

काठमाडौँ। दुर्गेश थापाको नयाँ गीतले युट्युबमा अपलोड भएको एक दिनमा सर्वाधिक हेरिएको नेपाली गीतको रेकर्ड बनाएको छ ।
बुधबार साँझ अपलोड भएको ‘जाने भए जाम माया’ बोलको उक्त गीतले २१ घण्टामै १७ लाखभन्दा बढी भ्युज पाएको हो । योसँगै उक्त म्युजिक भिडिओ नेपालमा युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा आएको छ ।
यसअघि यस्तो रेकर्ड विष्णु माझीको गीत ‘आइन आम यो तीजमा’ले राखेको थियो । माझीको गीतलाई रिलिजको दिनमा १५ लाख पटक हेरिएको थियो । दुर्गेशको गीतले रिलिजको २० घण्टामै विष्णु माझीको गीतको उक्त रकर्ड तोडेको हो ।
यो समाचार तयार पार्दासम्म दुर्गेशकाे ‘जाने भए जाम माया’ मा १७ लाख बढी भ्युजसँगै १ लाख ९२ हजार लाइक र करिब १७ हजार कमेन्ट आइसकेका छन् ।
सम्बन्धित













युद्धविरामपछि पनि गाजामा आक्रमण, पाँच बालबालिकासहित १३ जनाको मृत्यु
केएमसी बास्केटबल आइतबारदेखि
सानिमा रिलायन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
Warm clothes provided to 300 needy children in Shuklaphanta
अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया