दुर्गेशको नयाँ गीतले राख्यो युट्युबमा १ दिनमै सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड
मेरोन्यूज
२०८२ असार २६ गते १५:३७

काठमाडौँ। दुर्गेश थापाको नयाँ गीतले युट्युबमा अपलोड भएको एक दिनमा सर्वाधिक हेरिएको नेपाली गीतको रेकर्ड बनाएको छ ।
बुधबार साँझ अपलोड भएको ‘जाने भए जाम माया’ बोलको उक्त गीतले २१ घण्टामै १७ लाखभन्दा बढी भ्युज पाएको हो । योसँगै उक्त म्युजिक भिडिओ नेपालमा युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा आएको छ ।
यसअघि यस्तो रेकर्ड विष्णु माझीको गीत ‘आइन आम यो तीजमा’ले राखेको थियो । माझीको गीतलाई रिलिजको दिनमा १५ लाख पटक हेरिएको थियो । दुर्गेशको गीतले रिलिजको २० घण्टामै विष्णु माझीको गीतको उक्त रकर्ड तोडेको हो ।
यो समाचार तयार पार्दासम्म दुर्गेशकाे ‘जाने भए जाम माया’ मा १७ लाख बढी भ्युजसँगै १ लाख ९२ हजार लाइक र करिब १७ हजार कमेन्ट आइसकेका छन् ।
सम्बन्धित















रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
अछाममा घाँस काटन गएका बाबुछोरा नै कर्णालीमा बगे…
पहाडकी रानी बन्दीपुर गाउँ पर्यटनको आकर्षक गन्तव्य
२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया