झुक्किएर पनि भिन्डीसँग यी खानेकुरा नखानुहोस्, नत्र हुन सक्छ समस्या

काठमाडौं। धेरैको घरमा भिन्डीको तरकारी खाने गरिन्छ तर के तपाईलाई थाहा छ केही यस्ता खानेकुराहरु छन्, जसको साथमा भिन्डी खाँदा धेरै हानी हुन सक्छ ।
आज यो समाचारको माध्यमबाट हामी तपाईलाई स्वास्थ्यका लागि निकै महत्वपूर्ण भिन्डी अर्थात लेडीफिङरका फाइदा र बेफाइदाका बारेमा जानकारी दिनेछौँ । उसो भए जान्नुहोस कि भिन्डी कुन अन्य कुरासँग खानु हुँदैन्।
पोषक तत्वहरूको भण्डार
भिन्डी तरकारी खाने मानिसमा भिटामिन सी, भिटामिन बी र फोलेट, म्याग्नेसियम जस्ता आवश्यक तत्वहरू प्राप्त हुन्छन्, जुन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। यसको सेवनले रगतमा चिनीको मात्रा सामान्य रहन्छ ।
यति मात्र होइन, यसले पाचन शक्ति बढाउन पनि मद्दत गर्छ । यसको तरकारी खाँदा कोलेस्ट्रोल नियन्त्रणमा रहन्छ । यो स्थानीय बजारमा सजिलै उपलब्ध छ र धेरै फाइदाहरू प्राप्त गर्न उपभोग गर्न सकिन्छ।
सुगर रोगीका लागि अमृत
यो खाँदा भिटामिन सी पाइन्छ, जसले आँखाको ज्योति पनि बढाउँछ । हड्डी पनि बलियो रहन्छ। रोगसँग लड्ने तपाईंको शक्ति पनि बढ्छ, जसको मतलब यो रोग प्रतिरोधात्मक क्षमताको लागि पनि उत्कृष्ट छ। यसलाई कम तेल र मसला मिसाएर खाँदा शरीरलाई धेरै फाइदा हुन्छ । विशेषगरी सुगरका बिरामीले यो सिजनभर सेवन गर्नुपर्छ ।
यसलाई अन्यसँग खानुका बेफाइदाः
यसलाई धेरै चीजहरूसँग सेवन गर्दा धेरै हानी पनि हुन सक्छ। अब हामी तपाईलाई यसबाट हुने हानीहरुको बारेमा बताउन गइरहेका छौँ, जुन तपाईको लागि निकै महत्वपूर्ण छ ।
भिन्डी र दूधसँगै खानु हुँदैन। दुबैमा क्याल्सियम पाइन्छ । भिन्डीमा क्याल्सियमसँगै अक्सालेट पाइन्छ, जसले गर्दा पत्थरी हुने सम्भावना बढ्छ । यही कारण दूध र भिण्डी सँगै खाँनु हुदैँन् ।
यति मात्र होइन, करेलासँग भिन्डी खानु हुँदैन । दुबै सँगै खाँदा पेटको समस्या हुन सक्छ । करेलामा चिसो प्रभाव हुन्छ। यही कारणले भिन्डी र करेला सँगै खाँदा हानि हुन्छ ।
भिन्डी सँगसँगै चिया पनि पिउनु हुँदैन । यो स्वास्थ्यका लागि पनि हानिकारक छ । चिया पिएर भिन्डी खाँदा अत्यावश्यक तत्वको प्रभावमा बाधा पुग्छ । भिन्डी र मूला पनि सँगैसँगै खानु हुँदैन। यी दुई एकसाथ सेवन गर्दा पेटमा ग्याँस बन्ने गर्छ । मूलामा सल्फर तत्व पाइन्छ, जसले ग्याँस उत्पादन गर्न ढिलाइ गर्दैन, जसले तपाईको समस्या बढाउन सक्छ ।
साथै, मासु र भिंडी सँगै खानु हुँदैन । दुबै पचाउन धेरै समय लाग्छ, जसका कारण पाचन समस्या हुन सक्छ।














HoR Election: Chief Election Officer Offices to be established today
निर्वाचन आयोग परिसरमा देउवा र गगन पक्षकाे प्रदर्शन, सुरक्षा व्यवस्था कडा
एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त
खैरो हेरोइनसहित एक जना पक्राउ
Trump Announces Formation of Gaza Peace Council
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया