आज २०८२ साल साउन १ गते बिहीबारको राशिफल

काठमाडौं ।आज २०८२ साल असार १ गते बिहीबार। साउन कृष्ण पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ जुलाई १७ तारिख। लुतो फाल्ने दिन। बैतडीमा विश्वनाथ मन्दिरमा साउने मेला सुरु। थारु समुदायको गुरिया पर्व परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : प्रयत्न गर्दा सजिलै लक्ष्यतर्फ पुगिनेछ। श्रमको उचित मूल्यांकन मिल्नेछ। प्रतिक्षा गरिएको काम बन्नेछ। देखाउनेहरूबाट सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
वृष : सन्तान पक्षबाट सन्तुष्टि मिल्नेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। लागतको मूल्यांकन नगरी कार्य प्रारम्भ नगर्नुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
मिथुन : सचेका कार्यहरू सिद्ध हुनेछन्। मानसम्मानमा वृद्धि हुनेछ। उच्च अधिकारीहरूसँग सम्पर्क बढ्नेछ। कार्यक्षेत्रमा कार्यको तारिफ हुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।
कर्कट : लामो दूरीको यात्रामा सफलता मिल्नेछ। धार्मिक स्थलको भ्रमण र दर्शनका योग बनिरहेका छन्। मनमा परोपकारको भावना जागृत हुनेछ। दान दक्षिणा आदि गर्नको लागि उत्तम समय रहेको छ। आजको शुभ रंग रातो हो भने शुभ अक १ रहेको छ।
सिंह : मन शान्त रहनेछ। स्वास्थ्यलाई लिएर खानपिनमा विशेष ध्यान दिनुहोला। कार्यक्षेत्रमा मन नपर्दो व्यक्तिहरूसँग पनि कार्य गर्नुपर्ला। आर्थिक पक्ष सामान्य रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
कन्या : साझेदारी व्यापारबाट लाभ मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। व्यापार व्यवसायमा दुविधाको स्थितिमा कुनै निर्णय नलिनुहोला। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ३ रहेको छ।
तुला : परिस्थितिवस चिताएका कार्यमा सफलता नमिल्ला। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। नोकरी वा पेशामा अरुको विश्वासमा कार्य नछोड्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अक १ रहेको छ।
वृश्चिक : मन प्रसन्न रहनेछ। पढाइ तथा प्रेम सम्बन्धमा सफलता मिल्नेछ। रचनात्मक वा कलाको क्षेत्रमा मन लाग्नेछ। नयाँ कार्यको जग बसाउन सकिनेछ। सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
धनु : सानोतिनो समस्यामा अल्झिनु पर्ला। अरुको विश्वास जित्न केही समय लाग्नेछ। स्वास्थ्यमा विगतका समस्याहरू बल्झिन सक्लान् ध्यान दिनुहोस्। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अक ५ रहेको छ।
मकर : प्राविधिक कार्यमा सफलता मिल्नेछ। महत्त्वपूर्ण कार्यको चर्चा परिचर्चा हुनेछ। प्रतिस्पर्धीहरूबाट फाइदा उठाउन सकिनेछ। कसैलाई पनि सापटी रकम दिनदेखि बच्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ : धैर्य र लगनशीलताले नयाँ अवसर दिलाउनेछ। परिवारको खुसीको निम्ति केही त्याग गर्नुपर्ला। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक २ रहेको छ।
मीन :सोचेका सबै कार्य सिद्ध हुनेछन्। नोकरी वा पेशामा मनग्य लाभ रहनेछ। व्यक्तिगत काममा सफल भइनेछ। विद्यार्थीहरूको साथीभाइसँग राम्रो समय बित्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
प्रतिक्रिया