साउन २ गते शुक्रबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?

काठमाडौं ।आज २०८२ साल साउन २ गते शुक्रबार। साउन कृष्ण पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२५ जुलाई १८ तारिख। आज गोरखकाली पूजा। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : मेहनतको परिणाम स्वरुप आत्मविश्वासमा वृद्धि हुनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। कार्यक्षेत्रमा नयाँ कार्यको प्रस्ताव आउनाले मन प्रसन्न रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
वृष : परिस्थितिवस खर्चमा वृद्धि हुनेछ। आशा देखाउनेहरूको भरनपर्दा राम्राे हुनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। खानपिनमा ध्यान दिनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।
मिथुन : नयाँ अवसरको संगै आम्दानीका नयाँ स्रोत फेला पर्न सक्नेछन्। पढाइमा ध्यान केन्द्रित गर्न सकिनेछ। श्रमको उचित मूल्यांकन मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
कर्कट : माननीयजनहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति गर्न सकिनेछ। कार्य क्षेत्रमा तारिफ योग्य कार्यको चर्चा हुनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
सिंह : सामुदायिक जिम्मेदारी वहन गर्नमा सफल भइनेछ। लगनशीलताले उपलब्धिका नयाँ स्रोतहरू फेला पर्नेछन्। धर्मकर्म प्रति मन लाग्नेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ३ रहेको छ।
कन्या : खर्चमा वृद्धी र चुनौतीको समय रहेको छ सावधान रहनुहोला। सामान्य कामको लागि दौडधुप गर्नुपर्ला। तत्काल फाइदा हुने कार्य हात लाग्नेछ। सवारी साधन चलाउदा सावधान रहनुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।
तुला : मित्रता र प्रेमको बन्धन कसिनेछ। आफन्तहरूको स्नेह र सत्कार पाइनेछ। घुमफिर वा मनोरञ्जनमा समय व्यतित हुनेछ। अरुको कुरा सुनेर कुनै निष्कर्षमा नपुगौं। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक : कला देखाएर समाजमा नाम स्थापित गर्न सकिनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। शत्रुहरू आफै किनारा लाग्नेछन्। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
धनु : कार्यक्षेत्रमा कार्य थाल्नुभन्दा अघि योजना सार्वजनिक नगर्नुहोला। शैक्षिक क्षेत्र फराकिलो बन्नेछ। गुरुजनहरूबाट सहयोग मिल्नेछ। दिगो कामको थालनी हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
मकर : सहयोगीहरूले साथ पाइने समय छ। कार्यक्षेत्रमा अरूको भरपर्दा कार्य बिग्रिन सक्ला। पारिवारिक सद्भावमा कमी आउनेछ। दोहोराएर कार्यकर्ता लाभ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।
कुम्भ : काममा सोचेजस्तो सफलता मिल्नेछ। आलस्य त्यागेर मेहनत गर्दा फाइदा उठाउन सकिनेछ। धैर्य र आत्मविश्वासमा वृद्धि हुनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
मीन :व्यक्त गरिएकाे कलालाई निखार्ने अवसर मिल्नेछ। पहिलाका कमी कमजोरीलाई सुधार्ने अवसर मिल्नेछ। मेहनतले सम्माननीय स्थान दिलाउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
















ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
अग्रिम भर्ना र शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया