साफ यु-२० महिला च्याम्पियनसिपमा आज नेपाल र बङ्गलादेश भिड्दै

काठमाडौं। २० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज (सोमबार) नेपाल र आयोजक बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।
आजको यो खेलले विजेताको टुङ्गो लाग्ने छ । खेल बङ्गलादेशको ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउण्डमा नेपाली समयअनुसार बेलुका पौने ७ बजे सुरु हुनेछ ।यस प्रतियोगितामा नेपाल र बङ्गलादेश दोस्रो पटक आमनेसामने हुन लागेका हुन् । आफ्नो दोस्रो तथा बङ्गलादेशसँगको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग ३–२ गोलले पराजित भएको थियो । नेपालले भुटान र श्रीलङ्कालाई भने हराएको थियो ।
यसअघिका पाँच खेलमा बङ्गलादेश अपराजित रहँदै १५ अङ्कका साथ शीर्षस्थानमा छ भने १२ अङ्क भएको नेपाल दोस्रो स्थानमा छ ।प्रतियोगितामा विजेता बन्नका लागि नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ । बङ्गलादेशलाई हराएको खण्डमा गोल अन्तरका आधारमा नेपाल विजेता बन्नेछ । तर बङ्गलादेशका लागि भने बराबरी गर्न सकेमात्रै पनि पर्याप्त हुनेछ ।
यसअघि, आज दिउँसो पौने ३ बजे भुटान र श्रीलङ्का भिड्ने छन् । भुटान ३ अङ्कसहित तेस्रो स्थानमा रहँदा श्रीलङ्का अङ्कविहीन हुँदै पुछारमा छ ।














झापामा सवारी दुर्घटना हुँदा बालकको मृत्यु, १२ जना घाइते
गगन पक्षीय कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दै
सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते
Gagan Thapa elected Nepali Congress Chairman
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
प्रतिक्रिया